९१ वर्षमा स्नातक, १०५ बर्षमा पिएचडीको तयारी !

IMG_7983काठमाडौं – पढ्नका लागि उमेरको कुनै छेकवार छैन भन्ने तथ्यको अर्को उदाहरण फेला परेको छ – ताइवानमा । १०५ वर्षका जाहो मुहेले गरिरहेको पिएचडीको तयारी यतिखेर धेरैका लागि प्रेरणादायी प्रसंग बनेको छ । यो उमेरमा पनि उनले गरेको प्रयासको अहिले चौतर्फि प्रशंसा हुन थालेको छ ।

१०५ वार्षको वृद्ध उमेरमा पनि उनी ताइवानको नेशनल सिन्ह्वा विश्वविद्यालयको अडिटिङ कक्षामा सहभागी भइरहेका छन् । सो कक्षामा उनी पिएचडी उपाधि हासिल गर्नका लागि दत्तचित्त भएर अध्ययनमा संलग्न हुँदै आएका छन् । जाहो सो विश्वविद्यालयमा सन् १९९९ मा भर्ना भएका थिए । उनी संधै मोटरसाइकलमा विश्वविद्यालय जाने र कहिले पनि कक्षा नछुटाउने विद्यार्थी हुन् ।

चीनबाट प्रकाशित हँदै आएको पिपुल्स डेली अनलाइनका अनुसार उनी मध्यरात सम्म पनि अध्ययन गर्थे । जाहोले ९१ वर्षमा स्नातक गरेका थिए । सबै भन्दा धेरै उमेरमा स्नातक गर्ने ब्यक्तिका रुपमा उनको नाम गिनिज बुकमा समेत समाबेश भएको छ । स्नातक पछि उनको पढाइ छुट्यो । तर उनले केही समयपछि पुनः आफ्नो पढाइलाई निरन्तरता दिने निश्चय गरे । त्यसका लागि उनले ताइवानकै नौह्वा विश्वविद्यालयमा भर्ना भएर परीक्षा दिए र उनले सोही विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरे ।

पिपुल्स डेलीका अनुसार जाहो नेशनल सिन्ह्वा विश्वविद्यालयमा सन् २०१५ मा भर्ना भएका हुन् । उनी अहिले पनि एक अपार्टमेन्टको चौथो तल्लामा एक्लै बस्दै आएका छन् । उनी आपूmलाई बुढ्यौलीले नछोओस् भनेर आफ्नो काम आफै गरिरहेका भेटिन्छन् ।

जाहो सन् १९१२ मा सान्दोङ प्रान्तमा जन्मिएका थिए । उनले निजी विद्यालयबाट पढाइ सुरु गरेका थिए भने १४ वर्षमै क्यालिग्राफी पनि पढेका थिए । उनले हङकङमा सन् २०१२ मा क्यालिग्राफी प्रदर्शनी गरेका थिए भने जीवनी पनि प्रकाशन गरेका थिए । त्यो बेला उनले कप्युटर चलाउन नसक्ने भएकाले उनले फाङ याहुइ मार्फत् जीवनी लेखाएका थिए ।

उनी सिक्नको लागि कहिल्यै पनि ढिला गर्न नुहनेमा विश्वास राख्छन् ।-इडुखबरबाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने