काठमाडौं – पढ्नका लागि उमेरको कुनै छेकवार छैन भन्ने तथ्यको अर्को उदाहरण फेला परेको छ – ताइवानमा । १०५ वर्षका जाहो मुहेले गरिरहेको पिएचडीको तयारी यतिखेर धेरैका लागि प्रेरणादायी प्रसंग बनेको छ । यो उमेरमा पनि उनले गरेको प्रयासको अहिले चौतर्फि प्रशंसा हुन थालेको छ ।
१०५ वार्षको वृद्ध उमेरमा पनि उनी ताइवानको नेशनल सिन्ह्वा विश्वविद्यालयको अडिटिङ कक्षामा सहभागी भइरहेका छन् । सो कक्षामा उनी पिएचडी उपाधि हासिल गर्नका लागि दत्तचित्त भएर अध्ययनमा संलग्न हुँदै आएका छन् । जाहो सो विश्वविद्यालयमा सन् १९९९ मा भर्ना भएका थिए । उनी संधै मोटरसाइकलमा विश्वविद्यालय जाने र कहिले पनि कक्षा नछुटाउने विद्यार्थी हुन् ।
चीनबाट प्रकाशित हँदै आएको पिपुल्स डेली अनलाइनका अनुसार उनी मध्यरात सम्म पनि अध्ययन गर्थे । जाहोले ९१ वर्षमा स्नातक गरेका थिए । सबै भन्दा धेरै उमेरमा स्नातक गर्ने ब्यक्तिका रुपमा उनको नाम गिनिज बुकमा समेत समाबेश भएको छ । स्नातक पछि उनको पढाइ छुट्यो । तर उनले केही समयपछि पुनः आफ्नो पढाइलाई निरन्तरता दिने निश्चय गरे । त्यसका लागि उनले ताइवानकै नौह्वा विश्वविद्यालयमा भर्ना भएर परीक्षा दिए र उनले सोही विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरे ।
पिपुल्स डेलीका अनुसार जाहो नेशनल सिन्ह्वा विश्वविद्यालयमा सन् २०१५ मा भर्ना भएका हुन् । उनी अहिले पनि एक अपार्टमेन्टको चौथो तल्लामा एक्लै बस्दै आएका छन् । उनी आपूmलाई बुढ्यौलीले नछोओस् भनेर आफ्नो काम आफै गरिरहेका भेटिन्छन् ।
जाहो सन् १९१२ मा सान्दोङ प्रान्तमा जन्मिएका थिए । उनले निजी विद्यालयबाट पढाइ सुरु गरेका थिए भने १४ वर्षमै क्यालिग्राफी पनि पढेका थिए । उनले हङकङमा सन् २०१२ मा क्यालिग्राफी प्रदर्शनी गरेका थिए भने जीवनी पनि प्रकाशन गरेका थिए । त्यो बेला उनले कप्युटर चलाउन नसक्ने भएकाले उनले फाङ याहुइ मार्फत् जीवनी लेखाएका थिए ।
उनी सिक्नको लागि कहिल्यै पनि ढिला गर्न नुहनेमा विश्वास राख्छन् ।-इडुखबरबाट
८ कार्तिक २०८३ नेपालको न्यायप्रणाली परम्परागत रूपमा कागजी कार्यविधि, भौतिक उपस्थिति र प्रशासनिक ढिलासुस्तीबाट गुज्रिँदै
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी