गौर, १६ फाल्गुन । मधेसी माेर्चाका कार्कर्ताले भारतीय नम्बरप्लेटकाे गाडी जलाएका छन् । उक्त गाडीमा एमाले कार्यकर्ता चढेकाे देखेपछि उनीहरूले अागजनी गरेका हुन् । एमाले नेता थत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कारण राैतहटकाे गाैर तनावग्रस्त बनेकाे हाे ।
मधेसी मोर्चाले माधव नेपालको कार्यक्रम विथोल्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएकाे थियाे। प्रहरीको लाठी चार्जबाट दर्जनौं मोर्चाका कार्यकर्ता घाईते भए । एक पत्रकार र केहि सुरक्षाकर्मी समेत घाईते भएकाका थिए भने अाक्राेशित भिडले एमाले नेताहरु चढेको बि आर ०६ पी ५४६१ नम्बरको भारतीय बोलेरो जलाएका छन् । कार्यक्रमपश्चात् प्रशासनले तोकेको रुट भन्दा अर्को रुटको सडकबाट गौरबाट एमाले नेताहरु निस्कँदै गर्दा साढे ४ बजे बोलेरो जलाइएको हो ।
झडपका कारण करिब एक घण्टा अघोषित रुपमा गौरमा निषेधाज्ञा लगाइएको मोर्चाका नेताहरुले दावी गरेका छन् । तर प्रमुख जिल्ला अधिकारी थापाले निषेधाज्ञा नभई नेकपा एमालेका वरिष्ठ नेता नेपालको सुरक्षाका लागि व्यापक सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा