४८ घण्टाभित्र हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : सुमन

unnamed-5-2-555x335काठमाडौं, १४ फागुण। मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं।’ यद्धपी उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे।

यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भएपनि मोर्चा चुनावमा सहभागी नहुने उनको दाबी थियो। उनले भने,‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्छ, अनिमात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौं।’

उनले संविधान संशोधन र निर्वाचनलाई सँगसँगै लैजानु भनेको चीची र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गरे। उनले ९ महिनापछि बल्ल बल्ल सरकारले संशोधन प्रस्ताव ल्याएको र देखाउनको लागि प्रस्तावमाथि सदनमा छलफल सुरु गरिएको आरोप लगाउँदै भने,‘अहिले दुई चार जना वक्ताहरुले संसदमा वक्तित्वकलामा भाग लिईरहेका छन्।’ उनले सरकारले चाह्यो भने एमालेविना नै दुई तिहाई पुग्ने समेत विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा