सरकार ! राज्यलाई चुनौती दिने धुर्मुस, सुन्तलीलाई कसले गर्छ कारबाही ?

काभ्रेमा ‘एकीकृत पहारिबस्ती’ दुई महिनामै निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको थियो, त्यतिबेला यताकाले जस्तापाता बेचेर भ्याएकै थिएनन् । पीडितलाई बाँड्नपर्ने चामल कुहिन पाएकै थिएन, त्रिपाल लुकाएर सकिएकै थिएनन्, उता लोभलाग्दो घरमा मान्छे बसाइँसक्न भ्याउने धुर्मुस, सुन्तलीलाई सरकारले भन्दा छिटो काम गर्न कसले दियो ? के देश बनाउने जिम्मा हाँस्यकलाकारको हो ?

– | केशव प्रसाद पाण्डेkesu

केही पहिले:‘बाख्रा पाल्न र साग रोप्न नि नमिल्ने बस्ती बनाएर सञ्चार माध्यममा यत्रो खैलाबैला ?’ ‘काजीसाप तीन हात माथि उफ्रिए ! भाङकाजी नै उफ्रेपछि सक्किगोनि । ओ ! ‘आँङकाजी’ पो हो क्यारे उनको नाउँ त ! तैपनि अङ्कल भाङ खाएर ब्युँझेसरी बोल्दिने गर्छन् बेलाबेला र यही नाम अलिक बढी फाप्या देख्छु अचेल । धुर्मुस, सुन्तलीले छ महिनाअघि बस्ती बनाउन सुरु गर्दै भन्याथे, ‘एक सामुदायिक हलसहित ६५ घर बन्नेछन्, बस्तीमा गाईवस्तु पाल्न दिइनेछैन, छुट्टै ठाउँ बनाइनेछ’, सोही कुरामा छ महिनापछि बस्तीमा बसोबास सुरु हुँदा उनी कुर्लिन्छन् ‘यहाँ विद्रोह हुन्छ यस्तै हो भने !’

‘म त हाँसेरै मर्छु कि क्याहो’ भन्दै टिभीमा हँसाउने मान्छे त भूकम्पपछि पीडितको रुवाइमा सँगै रुन थाले । अब चाहिँ धुर्मुसे सुध्रेकै ठम्याइ रह्यो, भूम्पको धक्काले ! अझ ओली शासनमा ओलीले हँसाउन थालेपछि धुर्मुस सुन्तली काठमाडौँमा टिक्न सकेनन् र पहरिबस्ती निर्माण पछि गिरान्चौर लागे । हाँस्यकलाकारको पेसा ओली काकाले खोसिदिएपछि काकाको भूमिका धुर्मुस दम्पतीले निभाउन थाले । लौन अचम्मै हुनथाल्यो देशमा ! यता जस्तापाता बेचेर खाने नेता छन्, उता धुर्मु, सुन्तु आफ्नो घर बेचेरै भए पनि अर्काको लागि घर बनाउँछौँ भनेर विशाल हृदय लिएर लाग्नेसम्म विचित्रका छन् गाँठे ! त्यो पनि धन भएर हो र मनले रे ! यता सरकारसँग त्यत्रो विधि धन हुँदा त सक्याछैन, यी त हास्यकलाकार न परे के पत्याइसाध्य छ र !

काभ्रेमा ‘एकीकृत पहारिबस्ती’ दुई महिनामै निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको थियो, त्यतिबेला यताकाले जस्तापाता बेचेर भ्याएकै थिएनन् । पीडितलाई बाँड्नपर्ने चामल कुहिन पाएकै थिएन, त्रिपाल लुकाएर सकिएकै थिएनन्, उता लोभलाग्दो घरमा मान्छे बसाइँसक्न भ्याउने धुर्मुस, सुन्तलीलाई सरकारले भन्दा छिटो काम गर्न कसले दियो ? के देश बनाउने जिम्मा हाँस्यकलाकारको हो ? कसले दियो यस्तो अधिकार ? अझ त्यतिले नपुगेर ‘गिरान्चौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजना’ जस्तो महŒवाकाङ्क्षी योजना धुर्मुस, सुन्तली फाउन्डेसनको खातामा ४७ हजार रुपियाँ हुँदा तीन करोडौँको योजना ‘नोटले होइन अठोटले’ बन्छ भन्दै सुरु गरेर स्वदेशी, विदेशी र परदेशीको मन चोरेर धन जुटाउने धुर्मुसेको जोडीले घर ठड्याएरै देखाए । भूकम्प गएको एक वर्षका दिन २०७३ वैशाख १२ गते राष्ट्रपतिले गोरखाको वारपाकमा ‘भूकम्प स्मारकको उद्घाटन गरेकै दिन धुर्मुस सुन्तलीले गिरान्चौरमा बस्ती सिलान्यास गरेर समानान्तर सरकारको झल्को सम्म दिन भ्याए, उता स्मारक कहिले बन्ने हो पत्तो छैन, यता मान्छे घरमा राख्न भ्याइसके ।

घर त बन्यो ! गिरान्चौरका बासिन्दाले गुनासो गर्छन्, ‘घर भनेको दरबार पो बनाइदियो धुर्मुसेले ! ‘अब दरबारमा जनता बस्ने भएपछि जातभात छुट्याएर शासन गर्ने काजीसाप उर्फ आङ्काजी र पाजी नेताको पारो तात्दैन त ? अझै बाख्रा नपाली, सागसब्वी नरोपी बस्ने भएपछि ! अस्ती मिडिया नि एकपक्षीय भएर हो काजीसापले गर्या काम जनताले पत्तो नपाको, घरतिरदेखि देश डुबानमा पार्न गर्या काम राम्रो गरे भन्दै नगरेका काम बढाइचढाइ गरेर लेख्या भए के जान्थ्यो र अहिले । यत्रो आरोप त खेप्न पर्दैन थियो । हेर अहिले यिनीहरूको अस्तित्व धरापमा छ र हामीले नि गर्या हम मिडियाले देखाएन भन्न पर्या छ, लाज पचाएर !

अहिले धुर्मुस सुन्तलीलाई बदनाम गराउन पहरि बस्तीमा मदिरा पिएर भ्रामक समाचार र कार्यक्रम बनाएर बदनाम बनाउन केही तथाकथित मिडिया लागेपनि अन्तत असफल भयो ।

‘विभिन्न डाँडाकाँडामा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माणमा जुट्ने हो भने देश विकासका लागि धेरै समय लाग्दैन । ‘धुर्मु र सुन्तुको अनुभवले यही मात्र भनेको हो । जातभात र उचनिच जनाएर जनता फुटाएर देश बन्छ भन्न खोजेनन् र तारो बने उहीँ डलरमा देश भाँड्नेको नजरमा ! अझ स्पष्ट देश अनुसारको भेष धारण नगरी इमानदारिताको उच्चतम रूप देखाउनु गल्ती हो ।
उता सरकारले जिम्मा लिएकोमा जग खन्न सुरु भा छैन, बन्ने त कहिले हो कहिले । यता धुर्मुस, सुन्तलीले नयाँ घरमा मान्छे भिœयाएर खुलमखुला सरकारलाई चुनौती दिने दुस्साहस गरेका छन् । राज्यको ढुक्कसँग पाँच वर्ष वा ढिलो गरेर बनाउने नीतिलाई ठाडै उल्लङ्घन गर्नेलाई देशद्रोहीको आरोप लगाएर कारबाही गर्ने कि नगर्ने ? गर्ने भए कसले गर्ने ? उनीहरूलाई कारबाही गर्न योग्यता पुगेको इमान, इज्जत र प्रेस्टिज भाको देश र जनताप्रति इमानदार नेतृत्व कोही छ ? अबको समस्या यही रह्यो । अब राज्यलाई एउटा प्रश्न सोध्ने मन भयो, सरकार ! राज्यलाई चुनौती दिने धुर्मुस, सुन्तलीलाई कसले गर्छ कारबाही ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न

दशौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयनको प्रमाणपत्र प्रदान

२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा

लोकप्रिया पुरस्कारको घोषणा

२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा

अघिअघि वेद, पछिपछि विज्ञान

 २०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन

वासु शशी पुरस्कार र सम्मान हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्णलाई प्रदान गरिने

१५ फागुन, भक्तपुर । वासु शशी स्मृति परिषदले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई  “वासु शशी साहित्य

आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले)