February 23, 2017

विखण्डनकारीको सपना ध्वस्त पार्ने : सेनापती

सिके राउत र विप्लव माओवादीतर्फ संकेत

 

Rajendra-Chhetri१२ फागुन, काठमाडौं ।  केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिएको र केहीले हतियार उठाउने धम्की दिएको भन्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले यस्ता  गतिविधि निस्तेज पार्न नेपाली सेना तयार रहेको बताएका छन् ।

सेना दिवसको अवसरमा सकल दर्जालाई बिहीबार सम्बोधन गर्दै क्षत्रीले भौगोलिक अखण्डता कायम राख्न सेना सक्षम रहेको बताएका छन् । अवाञ्छनीय विखण्डनकारी र हतियार उठाउने धम्की दिने समूहले मुलुकको सांस्कृतिक एवं सामाजिक सदभाव तथा सहिष्णुतालाई चुनौती दिएको क्षत्रीले बताए ।

उनले कसैको नाम नलिए पनि सीके राउत र विप्लव माओवादीतिर इशारा गरेका छन् । र, भनेका छन्, ‘पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने अवाञ्छनीय गतिविधिलाई निश्तेज गर्न नेपाली सेना हरमहेसा तयार छ ।’

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनापति क्षत्रीले सेना स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि सेनाले खेलेको भूमिका स्मरण गरेका छन् ।

‘उहाँले अखण्ड सुनौलो इतिहासलाई जिवित राख्न, राष्ट्रिय हित विरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाहृय सुरक्षा चुनौतीहरुको सामना गर्न, संविधान र सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभएको छ,’ निर्देशनालयले भनेको छ ।

साथै उनले सेनालाई सक्षम, व्यवसायिक सैनिक संगठनको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरुप उपलब्ध स्रोत साधनहरुको अधिकतम् प्रयोग गरी सबल र सक्षम संगठन तयार गर्ने बताएका छन् ।

चीनपछि बंगलादेशसँग सैन्य अभ्यास

प्रधानसेनापति क्षत्रीले सम्बोधनका क्रममा चीनका साथै बंगलादेशसँग पनि संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेको बताए ।

सैनिक कूटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनहरुसँग आपसी हितमा दुई पक्षीय पेशागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान संयुक्त तालिम तथा अभ्यास भइरहेको उनले बताए ।

हालैमात्र पहिलोपटक श्रीलंकासँग सयुक्त अभ्यास भइसकेको छ भने बंगलादेश र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा