महेन्द्रनगर (धनुषा), ११ फागुन । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा रेडियो जनकपुर ९७ मेगाहर्जका अध्यक्ष शीतल साहमाथि जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताले बुधबार आक्रमण गरी घाइते बनाएका छन् । पत्रकारलाई मोटरसाइकलमा जाँदै गर्दा पछाडि तानेर कुटपिट गरिएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यसअघि मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा तोडफोड गरेका छन् । आन्दोलनरत मोर्चाका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट महासेठको घरको दुई वटा झ्यालको सिसा फुटेको छ । मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउमा परे । मङ्गलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई आज एमाले नेता रघुवीर महासेठको घरमा बसेका बेला मोर्चाका नेता कार्यकर्ताले घेराउ गरेका छन् । नेता महासेठको घरमा तोडफोड र नेता गौतमलाई घेराउ गरेपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा केहीबेर झडप भएको थियो । झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सद्भावना पार्टीका राजु साह र कुलदीप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ । झडपमा एमालेका केही कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले आज मधेस बन्द गरेको छ । मधेस बन्दका क्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा र्याली प्रदर्शन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका छन् । यसैबीच मधेसी दल निकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेका छन् । मोर्चाका कार्यकर्ताले नगरका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा