सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने नीति लिएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ ।
सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्णरुपमा निषेध गर्ने नीतिमा छ ।साथै बिहान ५ बजे देखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ ।
मन्त्रिपरिषद्बाट सोमबार पारित भएको नीतिमा फुटकर मदिरा क्रेतालाई १ दिनमा कम्तिमा १ लिटरभन्दा बढी खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भनिएको छ । २१ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरिद, बिक्री र सेवन गर्न निषेध गर्ने व्यवस्था गरिएको छ । साथै त्यसको सूचना टाँस गर्ने लगायतका प्रवर्धनात्मक व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारको यो नीति कार्यान्वयन गर्न चाडैं नै कानुनी व्यवस्था गरिने स्वास्थ्यमन्त्री गगन थापाले बताए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई