संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारको तयारी

SANSAD-BUILDINGकाठमाडौं– सरकारले संसदमा पेश गरिएको संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।
कानुन मन्त्री अजयशंकर नायकले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पनि भोली बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव अघि बढाउनैपर्ने बताए ।
व्यवस्थापिका संसद कार्य व्यवस्था परामर्श समितिको बैठक पछि संचारकर्मीसँग कुरा गर्दै उनले भोली बस्ने संसद बैठकमा प्रमुख प्रतिपक्ष एमालेले पनि संविधान संशोधन प्रस्ताव अघि बढाउन साथ दिने जिकीर समेत गरे ।

कानुन मन्त्री नायकले निर्वाचनमा सबै दललाई सहभागी गराउन पनि संविधान संशोधन प्रस्ताव अघि बढाउन सरकार बाध्य भएको पनि स्पष्ट पारे ।
यता, प्रमुख प्रतिपक्ष नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने संविधान संशोधन प्रस्ताव अघि बढाउन नदिने पार्टीको अडान यथावत रहेको टिप्पणी गरे ।
उनले संविधान संशोधन प्रस्तावमा अघि सारिएका बूदा राष्ट्रहितमा नरहेकाले एमालेले त्यसलाई स्विकार गर्न नसक्ने पनि स्पष्ट पारे । नेता नेपालले संविधान संशोधन प्रस्तावको विपक्षमा सत्तारुढ दलहरु आफैं उभिएको पनि स्मरण गराए ।
तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले निर्वाचन हुनै नसक्ने जिकीर गरे ।
उनले सरकारले हुनै नसक्ने निर्वाचनको मिति घोषणा गरेको प्रतिक्रिया दिए । उनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभई निर्वाचन हुनै नदिने उल्लेख गरे ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेश केन्द्रित विरोध प्रर्दशनको कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा