चिसो थियो,बिहानपखमा हावा चलेको थियो
छानामा,चौरमा चिनी छरेझै तुषारो जमेको थियो
जाडो खुब थियो सबै पानी मा ऐना जमिरहेको थियो
काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ
टोपी सिर्फ नाम मात्र शिरमा जम्मै टुपि निस्कने
कपडा जिर्ण धुजाधुजा छ सबै टालिएका
छानाहरुबाट खसेझै शीतहरु खसेका छन
काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ
आँखिभौ छ तुषारोको पतन ले सेतो भएको
गोडाका औंलाहरु,नङहरु सबै निला भएका
कुर्कुचा छ छिया छिया ओठबाट रगत झरेका
काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ
ठन्डा ,उग्र हिमाल को बरफझै छ बाहिरी अंग
आगो बल्दछ मुटुभित्र तर निम्दैन सल्कन्छ झन झन
निस्कन्छ्न मुखबाट बाफ कुइरोझै दात कट्कटाउदै
काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ
७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न
२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा
२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा
१५ फागुन, भक्तपुर । वासु शशी स्मृति परिषदले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई “वासु शशी साहित्य
९ फागुन, काठमाडौं । हिमाली क्षेत्र आसपासमा माटो खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्दै
७ फागुन, काठमाडौं । वरिष्ठ समालोचक एवं निबन्धकार गोपी मैनालीको समालोचनात्मक कृति “अभिव्यञजना यात्राप्रति” सुरभि