सिन्धुली-बर्दिबास सडक भत्किएर सुनकोशीमा खस्यो, तत्काल मर्मत असम्भव

pic1९ फागुन, सिन्धुली। राजधानीबाट पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गतको सिन्धुली-बर्दिबास सडक आइतबार रातिदेखि  अवरुद्ध भएको छ ।  करिब ३० मिटर सडक भत्किएर सुनकोशी नदीमा खसेपछि यो बाटो बन्द भएको हो । भीरको बाटो भत्किएकाले तत्कालै सडक खोल्न नसकिने स्थानीय प्रहरीले जानकारी दिएको छ ।

 

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी नायव निरीक्षक रामेश्वर राउतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सिन्धुलीको शीतलपाटी गाविस वडा नं ९ को त्रिवेणी भन्ने ठाउँमा सडक भत्किएको हो । आइतबार राति ११ बजेतिर पीच सडक भत्किएर सुनकोशी नदीमा झरेको थियो । त्यहाँ गाडी गुडिरहेको अवस्था नभएका कारण कुनै मानवीय क्षती हुन नपाएको सई राउतले बताए ।

तत्कालै सडक नखुल्ने, खुर्कोटबाट वैकल्पिक बाटो प्रयोग गर्न सकिने

सडक भत्किएपछि दुबैतर्फको आवागमन रोकिएको छ’ राउतले भने, ‘यो सडकभन्दा माथि एउटा कच्ची बाटो त छ, तर, तत्कालै त्यसको मर्मत सम्भव छैन, एक दुई दिनमा वैकल्पिक बाटो खुल्न सक्छ, भत्किएकै ठाउँमा तत्कालै मर्मत सम्भव देखिँदैन ।’

यसैवीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अनलाइनखबरसँग कुरा गर्दै जिप्रका स्रोतले भन्यो- ‘बर्दिबासतर्फबाट आएका गाडीहरु खुर्कोट छेउबाट रामेछापको मन्थली निस्केर दोलखा हुँदै बाठमाडौं पुग्न सक्छन् । त्यसै गरी काठमाडौंबाट सिन्धुलीतर्फ हिँडिसकेका सवारी साधन पनि दोलखाबाट मन्थली हुँदै खुर्कोट नजिकबाट पास हुन सक्छन् ।’

जिल्ला प्रहरी कार्यालय भन्छ- हामीले बारम्बार लाइट गाडीहरुमात्रै चलाउन आग्रह गर्‍यौं । तर,  ठूला सवारी साधन चल्ने गरेकाले सडकले थामेन

काठमाडौं र तराई जोड्ने छोटो बाटोका रुपमा यो सडकको प्रयोग हुँदै आएको छ । जापान सरकारको सहयोगमा केही वर्षअघि मात्रै उक्त सडक निर्माण सम्पन्न भएको होे ।

बाटो निर्माणका बेला दुई लेनको बन्न नदिने भारतले दबाव दिएको र साँघुरो बाटो बनेको बताइँदै आएको छ ।

सरकारले यो बाटोमा ठूला गाडीहरु नचलाउन र लाइट गाडीमात्रै सञ्चालन गर्न आग्रह गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय स्रोत भन्छ- ‘हामीले बारम्बार लाइट गाडीहरुमात्रै चलाउन आग्रह गर्‍यौं । तर, दशैंका बेलामा ठूला बसहरु चले । अरु बेलामा पनि ठूला सवारी साधन चल्ने गरेकाले सडकले थामेन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त