February 19, 2017

बालुवाटार पुगे काँग्रेस नेता

काठमाडौं – स्थानीय तहको चुनाव घोषणाको निर्णायक तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ घटक काँग्रेससँग वैठक आव्हान गरेका छन् । वैठक विहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
सरकारले फागुन १० गतेभित्र नै चुनावको मिति घोषणा गर्ने बताईसकेको छ । प्रधानमन्त्री प्रचण्डले यस विषयमा आफ्नो पार्टीभित्र पनि छलफल गरेका छन् । काँग्रेस–माओवादीबीचको वैठकपछि चुनावको मिति घोषणा कहिले गर्ने भन्ने टुंगो लाग्नेछ । यद्यपी मोर्चा र राज्य पुनसर्रंचना आयोगको प्रतिवेदनमाथिको विवाद टुंगाउनु पर्ने भएकाले आज–भोलि नै चुनावको मिति घोषणाको सम्भावना कम छ ।

चुनावको मिति घोषणाका विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले शनिवार मधेशी मोर्चाका नेताहरुसँग पनि टलफल गरेका थिए । तर, मोर्चाका नेताहरुले मिति घोषणा भए सरकारलाई दिएको समर्थन फिर्ता लिने र आन्दोलनमा जाने चेतावनी दिएको छ । मोर्चाको यस्तो चेतावनीले प्रधानमन्त्री दवावमा परेका छन् । उनले ‘मेरो बाध्यता बुझिदिनुस्’ भन्दै मोर्चाका नेताहरुसँग आग्रह नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा