जेलको हावा: म्याच फिक्सिङ गर्नेलाई

 

५ फागुन, काठमाडौं । म्याच फिक्सिङ गर्ने खेलाडी तथा खेल पदाधिकारीलाई सजाय दिने नयाँ कानुनी व्यवस्था भएको छ ।

Match-Fixing-768x432

संसदको बिधायन समिति अन्तर्गतको उपसमितिले बिहीबार पारित गरेको फौजदारी कसुरसम्वन्धी विधेयकमा म्याच फिक्सिङलाई राष्ट्रहित प्रतिकुल काम भनिएको छ र यसलाई दण्डनीय बनाइएको छ ।

समितिका सदस्य सांसद रेवतीरमण भण्डारीका अनुसार नेपाली खेलाडीहरुले विदेशी खेलाडीसँगको प्रतियोगिता खेल्दा म्याच फिक्सिङ गरेको पाइएमा सबै रकम जफत गरी ३ वर्ष कैद र ३० हजार जरिवाना गर्ने व्यवस्था कानुनमा भएको छ ।

सांसद भण्डारीले भने, ‘नेपालको प्रतिनिधित्व गरेर विदेशमा खेल खेल्दा वा नेपालमा आएका विदेशी खेलाडीसँग खेल्दा अनुचित ढंगले लेनदेन गरेको रहेछ भने र हार्नेलाई जित्ने वा जित्नेले हार्ने गरेको पाइएमा निजले लिएको रकम जफत गरी ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना गर्ने व्यवस्था थपिएको छ ।’

विधेयकमा राष्ट्रियस्तरमा हुनसक्ने म्याच फिक्सिङबारे भने बोलिएको छैन । उपसमिति संयोजक सांसद कृष्णभक्त पोखरेलका अनुसार आगामी संशोधनहरुमा यसलाई समावेश गर्दै जान सदस्यहरु सकारात्मक छन् ।

यसअघि म्याच फिक्सिङ गर्ने खेलाडीमाथि कारवाही गर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुलाई राज्य विप्लवको मुद्दा लगाइएको थियो । तत्कालीन कप्तान सागर थापा लगायतमाथि लागेको म्याच फिक्सिङको मुद्दा अझै टुंगिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको