फागुन ४ काठमाडौं–
चुनावको मिति घोषणाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले आज प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्रीको निजि सचिवालय स्रोतका अनुसार फागुन ८ गतेसम्म सरकारले चुनावको मिति घोषणा गर्दैछ । यस अघि सरकारले आयोगलाई पत्र लेखेर चुनावको तयारी थाल्न निर्देश गरेको छ । ‘आइतवार वा सोमवार चुनावको मिति घोषणा हुन्छ ।’ प्रधानमन्त्रीका एक सहयोगीले भने ।
यस अघि माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संवादमा फागुन ८ भित्र चुनावको मिति घोषणा गर्ने सहमति बनेको नेताहरुले बताएका थिए ।
चुनावको मिति घोषणाको लागि प्रमुख दलका शीर्ष नेतावीच मंगलवार पनि छलफल भएको थियो । मंगलवार विहान राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्षवीच कुराकानी भएको थियो । त्यसपछि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डवीच बालुवाटारमा कुरा भएको थियो । त्यसपछि मंगलवार साँझ नै प्रधानमन्त्री र काँग्रेस सभापति देउवावीच कुराकानी भएको थियो । साँझ नै प्रधानमन्त्री, काँग्रेस सभापति र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा कुराकानी भएको थियो ।
संविधान संसोधनमा एमाले लचक भएपछि सरकार चुनावको मिति घोषणाका लागि अगाडि बढ्न थालेको हो । एमालेको हिजो बसेको स्थायी समिति वैठकमा संविधान संसोधन लगायतका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री आज भने काठमाडौं बाहिर कार्यक्रममा सहभागी हुँदैछन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई