प्रचण्डसँग नयाँ शक्तिको माग- अनसनरत दुई नेताको जीवनरक्षा गरियोस्

aansan_janakpurकाठमाडौं, ३ फागुन । नयाँ शक्ति नेपालले जनकपुर क्षेत्रको बृहत्तर विकास र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै आमरण अनसनमा रहेका नेताहरुको जीवनरक्षाको माग गरेको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा र नयाँ शक्ति पार्टी नेपालका प्रस्तावित २ नम्बर प्रदेश सहसंयोजक कलामुद्दीन राईन गत माघ २० गतेदेखि आमरण अनसन बसिरहेका छन् । जनपुर क्षेत्रको बृहत्तर र व्यवस्थित विकासका लागि जनकपुर विकास प्राधिकरण बनाउन ऐनमा संशोधन गर्नुपर्ने लगायतका मागहरु उनीहरुले अगाडि सारेका छन् ।

त्यस्तै जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने, पाँच सय सैयाको अनुमति प्राप्त जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षी जनक विश्व विद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेन बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने, जिम्मेवार अधिकारीहरुबाट जिल्लामा व्याप्त भ्रष्टाचारजन्य कार्य अविलम्ब रोक्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित अनसन जारी राखेका हुन् ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तिमा उनीहरुको माग पूरा गर्दै जीवनरक्षाको लागि माग गरिएको छ ।

यस्तो छ नयाँ शक्तिको विज्ञप्ति-
प्रेस विज्ञप्ती

बृहत्तर जनकपुर क्षेत्रको विकासका लागि विभिन्न माग राखी बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष समेत रहनुभएका नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी सदस्य श्री रामकुमार शर्माको नेतृत्वमा नयाँ शक्ति पार्टी नेपालकै अर्का केन्द्रीय कार्यकारी सदस्य श्री कलामुद्दिन राईनसमेतको विगत १३ दिनदेखिको आमरण अनशनप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोछ ।

बृहत्तर जनपुर क्षेत्रको विकासका लागि विभिन्न मागहरुसहितको सात बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाई चरणवद्धरुपमा सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गरी माग र सोको औचित्यका बारेमा जानकारी गराई विगत २०७३ माघ २० गतेदेखि आमरण अनशन बसेकोमा आज १३ औं दिन बितिसक्दा पनि नेपाल सरकारका कुनै पनि निकायले समस्या समाधानतर्फ कुनै कदम चालेको पाईएन ।

अनशनकारीहरु रामकुमार शर्मा तथा कलामुद्दिन राईन समेतको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भैसकेकोछ । अनशनकारीहरुका जायज माग र अनशनकारीहरुको स्वास्थ्य स्थितिप्रति नेपाल सरकार सरोकारवाला निकायसहित स्वयं प्रधानमन्त्री समेत बेखबर जस्तै हुनु, त्यसप्रति कुनै चासो नदिनु विल्कुल बिडम्वनाको विषय हो । नेपाल सरकारका जिम्मेवार निकाय र प्रधानमन्त्रीसमेतको यस प्रकारको व्यवहारप्रति हामी दुःख प्रकट गर्दछौं ।

अनशनकारीहरुका जायज माग र अनशनकारीहरुको बिग्रँदो स्वास्थ्य स्थितिप्रति नेपाल सरकार सरोकारवाला निकाय तथा प्रधानमन्त्री स्वयमसँग तत्काल अनशनकारीको जीवन रक्षाको निम्ति माग गर्दछौं । साथै अनशनकारीका मागहरुप्रति गम्भिरताकासाथ पहलकदमी लिई वहाहरुसंग वार्ता र संवादको प्रक्रिया अगाडि बढाई जायज मागहरु पूरा गर्न र अनशनकारीहरुको जीवनरक्षा गर्न जोडदार माग गर्दछौं ।

खिमलाल देवकोटा
प्रवक्ता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति