February 13, 2017

खुसीहरू: कविता

अलिकती खुसी रोज्न आएको ऊ
ती खुसीहरू
तिम्रो बजारहरूमा बिक्रीमा छन नि !
जहाँ धेरैले धेरै र्‍याल चुहाए
सपना देखे
तृष्णामा डुबे पलभरको
रंगीन कल्पनामा पौडँदै
मनमा मधुमास हुर्काउँदै
तिम्रा बजारमा ग्राहकको भीड छ रे
अनि
तिमी पनि त भीड खिच्छौ आफूतिर
अनेकन मनहरूको भीड
कल्पनामा तरंगित तुल्याउँछ्यौ
ती रतीयुक्त मनहरू
तिनै मनहरूले तन रोज्छ
बैंसका आर्तनाद चिच्याउँछन
अनि कल्पिन्छन ती मन
मदिराका प्यालाँसँगै
रात परेपछि
उता
तिमी निष्फिक्र छौ
बेफिक्र र अनभिज्ञ
तिम्रो हाँसो बिक्छ
त्यो रूपको
जवानीको
माग बजारमा
भ्रमित बजार
यो भ्रम हो
भ्रममा पर्नु पनि त भ्रमै हो
खतरायुक्त गल्ती
बत्तिको पुतलीझैँ
झुम्मिएको त्यो बजारू ग्राहक
कतिञ्जेल अनि कहिलेसम्म ?
त्यसैले
भ्रमको पर्दा उतार
त्यो जवानी जवानी मात्र हैन
तिमी हौ तिमी
तिम्रो आफ्नै ‘तिमी’
लिलामी नहोस् तिम्रो ‘तिमी’
कोही एक
फगत एक कोही
हकदार तिम्रो आफ्नै ‘तिमी’ को
तिम्रो नायकले
खुसी किन्न नपरोस्
निराशामा नडुबोस्
लडन, भिड्न त सक्छ
हिंसाविनाको माया चाहन्छ
पोखिनु ‘तिमी’
उसको मायाको काखमा
खुसी भरियोस् अञ्जुलीभरी
सँधैभरी
निःस्वार्थ खुसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे

आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न

दशौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयनको प्रमाणपत्र प्रदान

२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा

लोकप्रिया पुरस्कारको घोषणा

२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा