पुनर्संरचनासम्बन्धी विवाद सुल्झाउने प्रयास जारी नै

LLRC२ फागुन, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनमाथिको गुनासो अध्ययन गर्न गठित कार्यदलले दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिरहेको छ ।

स्थानीय तह पुनर्संरचनासम्बन्धी विवाद सुल्झाउने प्रयासस्वरुप आईतबार सप्तरी जिल्लाका प्रत्यक्ष निर्वाचित तथा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरु छलफल गरेको कार्यदलले सोमबार सिरहा, महोत्तरी र धनुषाका सांसदहरुसँग छलफल गर्दैछ ।

 

कार्यदलले बिहान सिरहाका, दिउँसो महोत्तरीका र साँझ धनाुषाका सांसदहरुसँग छलफल गर्ने कार्यतालिका बनाएको छ । त्यस्तै कार्यदलले मंगलबार मंगलबार सर्लाही, पर्सा, बारा र रौतहटबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्नेछ ।

सांसदहरुसँगको छलफलपछि कार्यदलले सुझावसहितको प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्नेछ । कार्यदलको सुझावकै आधारमा स्थानीय तह पुनर्संचना सम्बन्धी विवादलाई टुङ्ग्याउँने तयारी सरकारको छ ।

मन्त्रिपरिषद्ले गत माघ २० गते स्थानीय तह पुनर्संचनासम्बन्धी गुनासो सुनेर सरकारलाई सुझाव दिन स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्ऽराज जोशी र आपूर्तिमन्त्री दीपक बोहोरा सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

समितिलाई आवश्यक सुझावसहितको प्रतिवदेन दिन १५ दिनको समयसीमा दिईएको छ । यसअघि स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि पनि दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको