पुनर्संरचनासम्बन्धी विवाद सुल्झाउने प्रयास जारी नै

LLRC२ फागुन, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनमाथिको गुनासो अध्ययन गर्न गठित कार्यदलले दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिरहेको छ ।

स्थानीय तह पुनर्संरचनासम्बन्धी विवाद सुल्झाउने प्रयासस्वरुप आईतबार सप्तरी जिल्लाका प्रत्यक्ष निर्वाचित तथा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरु छलफल गरेको कार्यदलले सोमबार सिरहा, महोत्तरी र धनुषाका सांसदहरुसँग छलफल गर्दैछ ।

 

कार्यदलले बिहान सिरहाका, दिउँसो महोत्तरीका र साँझ धनाुषाका सांसदहरुसँग छलफल गर्ने कार्यतालिका बनाएको छ । त्यस्तै कार्यदलले मंगलबार मंगलबार सर्लाही, पर्सा, बारा र रौतहटबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्नेछ ।

सांसदहरुसँगको छलफलपछि कार्यदलले सुझावसहितको प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्नेछ । कार्यदलको सुझावकै आधारमा स्थानीय तह पुनर्संचना सम्बन्धी विवादलाई टुङ्ग्याउँने तयारी सरकारको छ ।

मन्त्रिपरिषद्ले गत माघ २० गते स्थानीय तह पुनर्संचनासम्बन्धी गुनासो सुनेर सरकारलाई सुझाव दिन स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्ऽराज जोशी र आपूर्तिमन्त्री दीपक बोहोरा सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

समितिलाई आवश्यक सुझावसहितको प्रतिवदेन दिन १५ दिनको समयसीमा दिईएको छ । यसअघि स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि पनि दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्