कतै जनयुद्ध दिवस त कतै शोक दिवस

biplav-maoist-rally-3२ फागुन, काठमाडौं । माओवादीले ‘जनयुद्ध’ दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन् । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन् ।

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको नेतृत्वमा रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा पीडितले फागुन १ लाई शोक दिवसका रुपमा मनाएका हुन् । पीडितले सिंहदरबार दक्षिण गेटमा  दुई घन्टा धर्ना दिँदै न्याय दिन मागेका थिए । अमर प्रहरी सहिद परिवारसँग मिलेर नेपाली कांग्रेसनिकट पीडितले यस्तो कार्यक्रम गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

 

धर्नापछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर १२ बुदे ज्ञापनपत्र बुझाए।   सरकार, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी संघसंस्था, सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलगायतको ध्यानाकर्षण गराउँदै १२ बुँदे ज्ञापनपत्र बुझाइएको पीडितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

द्वन्द्वसँग सरोकार नभएका व्यक्ति पनि पीडित बनेको, दण्डहीनता र कानुन हातमा लिने प्रचलन विकास भएको, पीडक पुरस्कृत र पीडित दण्डित हुने उल्टो चक्र विजारोपण भएको विज्ञप्तिमा उल्लेख छ।

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले सबै पीडितले न्याय पाउनेमा आफू ढुक्क भएको बताए । न्याय दिनकै लागि गठन भएका सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले सर्वोच्चको आदेश अनुसार ऐन संशोधन भएपछि तीव्र गतिमा पीडितका पक्षमा काम गर्ने आवश्वास देउवाले उनीहरूलाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्