हेमन्तको ‘साइली’, २४ घन्टामै साढे ५ लाख पटक हेरियो

menuka-pradhanलामो समयपछि नेपाली आधुनिक गीतले युटुबमा हंगामा मच्चाएको छ । नेपाली चलचित्रको गीत सांगीतिक बजारमा हाबी भैरहेको समयमा आधुनिक गीतले पनि हंगामा मच्चाएको छ ।

गायक हेमन्त राना ‘साइली’ बोलको गीतबाट फेरि एकपटक चर्चामा आएका छन् । ‘लैजा रे’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा गहिरो छाप छाडेका हेमन्तले फेरि एकपटक ‘साइली’ गीतबाट सबैको मन जितेका छन् ।

अडियोमै हिट भएको यो गीतको भिडियोले नयाँ रेकर्ड राखेको छ । युटुबमा यो गीत २४ घन्टमै साढे ५ लाख भन्दा बढीले हेरेका छन् । यस्तो रेकर्ड कमै मात्र गीतले राख्ने गरेका छन् ।

यो गीतको भिडियो सार्वजनिक भएसँगै यो नेपालमा नम्बर १ को ट्रेन्डिङमा पनि छ । कालिप्रसाद बास्कोटाको संगीत रहेको गीतमा कालिप्रसाद र हिमाल साउदको शब्द छ ।

गीतको भिडियोलाई हेमन्त राना आफैले निर्देशन गरेका हुन् । भिडियोमा गौरव पहारी र मेनुका प्रधानले मोडलिङ गरेका छन् । गीतको शब्द, हेमन्तको गायकी र गीतको मेलोडी उत्कृष्ट छ । जसले गर्दा पनि यो गीतले छोटो समयमै यति धेरै चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal