हेमन्तको ‘साइली’, २४ घन्टामै साढे ५ लाख पटक हेरियो

menuka-pradhanलामो समयपछि नेपाली आधुनिक गीतले युटुबमा हंगामा मच्चाएको छ । नेपाली चलचित्रको गीत सांगीतिक बजारमा हाबी भैरहेको समयमा आधुनिक गीतले पनि हंगामा मच्चाएको छ ।

गायक हेमन्त राना ‘साइली’ बोलको गीतबाट फेरि एकपटक चर्चामा आएका छन् । ‘लैजा रे’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा गहिरो छाप छाडेका हेमन्तले फेरि एकपटक ‘साइली’ गीतबाट सबैको मन जितेका छन् ।

अडियोमै हिट भएको यो गीतको भिडियोले नयाँ रेकर्ड राखेको छ । युटुबमा यो गीत २४ घन्टमै साढे ५ लाख भन्दा बढीले हेरेका छन् । यस्तो रेकर्ड कमै मात्र गीतले राख्ने गरेका छन् ।

यो गीतको भिडियो सार्वजनिक भएसँगै यो नेपालमा नम्बर १ को ट्रेन्डिङमा पनि छ । कालिप्रसाद बास्कोटाको संगीत रहेको गीतमा कालिप्रसाद र हिमाल साउदको शब्द छ ।

गीतको भिडियोलाई हेमन्त राना आफैले निर्देशन गरेका हुन् । भिडियोमा गौरव पहारी र मेनुका प्रधानले मोडलिङ गरेका छन् । गीतको शब्द, हेमन्तको गायकी र गीतको मेलोडी उत्कृष्ट छ । जसले गर्दा पनि यो गीतले छोटो समयमै यति धेरै चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त