February 12, 2017

बैंकले २४ लाख रुपैया खायो

investment-bank-dhangadi१ फागुन, कैलाली । धनगढीस्थित नेपाल इनभेष्टमेण्ट बैंकबाट करिब २४ लाख रुपैयाँ गायब भएको छ । बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंकभित्रबाटै गायब भएको बैंकका म्यानेजर राजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

बैंकले घटनालाई लुकाउन खोजे सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए । उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बैंकका ३ जना कर्मचारीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रमा लिइएको बताए । उनल अनुसन्धान भइरहेको भन्दै थप जानकारी सार्वजनिक गर्न चाहेनन् ।

बैंकबाट रकम गायब भएको जानकारी पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेय शनिबार नै हेलिकप्टर चार्टर गरेर धनगढी पुगेका थिए । उनले बैंकका कर्मचारीहरुसँग सोधपुछ गरिरहेको बैंकका एक कर्मचारीले जानकारी दिए ।

आइतबार विहान बैंक खोल्नु पर्ने भएपछि कसरी उक्त कुरा भित्रभित्रै मिलाउन सकिन्छ भनेर बैंक प्रशासन लागि परेको बैंकका एकजना कर्मचरीले नाम नबताउने शर्तमा बताए ।

पैसासँगै बैंकको चाबी समेत गायब पारिएको छ । चाबी गायब भएपछि कर्मचारीले ताला काटेर बैंकको सटर खालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६