February 12, 2017

बैंकले २४ लाख रुपैया खायो

investment-bank-dhangadi१ फागुन, कैलाली । धनगढीस्थित नेपाल इनभेष्टमेण्ट बैंकबाट करिब २४ लाख रुपैयाँ गायब भएको छ । बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंकभित्रबाटै गायब भएको बैंकका म्यानेजर राजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

बैंकले घटनालाई लुकाउन खोजे सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए । उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बैंकका ३ जना कर्मचारीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रमा लिइएको बताए । उनल अनुसन्धान भइरहेको भन्दै थप जानकारी सार्वजनिक गर्न चाहेनन् ।

बैंकबाट रकम गायब भएको जानकारी पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेय शनिबार नै हेलिकप्टर चार्टर गरेर धनगढी पुगेका थिए । उनले बैंकका कर्मचारीहरुसँग सोधपुछ गरिरहेको बैंकका एक कर्मचारीले जानकारी दिए ।

आइतबार विहान बैंक खोल्नु पर्ने भएपछि कसरी उक्त कुरा भित्रभित्रै मिलाउन सकिन्छ भनेर बैंक प्रशासन लागि परेको बैंकका एकजना कर्मचरीले नाम नबताउने शर्तमा बताए ।

पैसासँगै बैंकको चाबी समेत गायब पारिएको छ । चाबी गायब भएपछि कर्मचारीले ताला काटेर बैंकको सटर खालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास