बुटवल क्याम्पसमा झडप : क्याम्सका कर्मचारी भित्रै थुनिए

butawol-jhadap002१ फागुन, रुपन्देही । विद्यार्थी भर्नासमबन्धी विवादका कारण बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ ।

एमालेनिकट अनेस्ववियु र अरु विद्यार्थी संगठनबीच भएको झडपमा अनेरास्ववियु क्रान्तिकारीका सचिव गणेश खनालसँगै नेविसंघका ऋषिराम भण्डारी र लक्ष्मण अधिकारी घाइते भएका छन् ।

अनेरास्ववियुले शनिबार राति प्रशासन खोलेर नयाँ विद्यार्थी भर्ना गर्न खोजेपछि झडप भएको नेविसंघका कार्यबाहक सभापति कृष्ण खनालले जानकारी दिए ।

झडपपछि नेविसंघ र क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबारसम्म भर्ना भएका विद्यार्थीलाई मात्र मतदाता नामावलीमा समेट्ने भएपछि अनेरास्ववियुले रातारात नयाँ विद्यार्थी भर्ना गर्न खोजेको खनालले बताए ।

क्याम्सका कर्मचारी भित्रै थुनिए

विद्यार्थीले ताला लगाएपछि क्याम्पसको दर्ता चलानी विभागकी कल्पना पाण्डे र क्याम्पसका पूर्वप्रमुख बुद्ध बस्नेतलगायतका प्रशासन कार्यालयमै थुनिएका थिए ।

क्याम्पस प्रमुख शखिसरण सुवेदीले रातमा क्याम्पस खोलेको स्वीकारेका छन् । तर उनले क्याम्पसमा विद्यार्थी भर्नाको कार्यक्रम नभई स्ववियु निर्वाचन तयारीको कामका लागि भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने