विदेश जाने श्रम स्वीकृति अनलाइनबाटै कसरी लिने ? (तरिकासहित)

२९ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागले ब्यक्तिगत श्रम स्वीकृतिका लागि पनि अनलाइन सिस्टम लागू गरेको छ । तर, प्राविधिक अष्पष्टताका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरू यसबारे अन्यौलमा छन् ।

अहिले ब्यक्तिगत स्वीकृति लिने र  श्रमको रि-इन्ट्री गर्ने कामदारहरुको आवेदन पनि अनलाइनबाट बुझ्न थालिएको छ ।

 

सबै किसिमका स्वीकृतिमा अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार काठमाडौंको तहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने अवस्था छैन । श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिने विभागले जनाएको छ ।

सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा जाँदा हुनेछ ।

विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एफइआइएमएस) नाम दिएको छ । यो सिस्टमबाट पहिलो चरणमा व्यक्तिगत रुपमा विदेश जान लागेका र श्रम इजाजत नवीकरणका लागि आएका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्न थालेको छ ।

सुरुवातमा व्यक्तिगत पहलमा आएको भिसामा विदेश जान चाहेका युवाले एफइअाइएमएस सिस्टममा आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्नेछ । यो इमेल आइडी बनाए जस्तै हुनेछ ।

यसमा आफ्नो नाम, ठेगाना, पासपोर्टका विवरण लगायत सबै कानुनी व्यक्तिगत डिटेल अनलाइनमा राख्नुपर्छ । यो राखेपछि सिस्टममा पछि ‘लग इन’ हुन आफ्नो एउटा युजर र पासवर्ड पनि सेट गर्नुपर्छ । यो फेसबुक बनाएजस्तै सरल प्रक्रिया हो । इन्टरेनेटमा आफ्नो डाटा राख्न सक्नेले यसलाई सजिलै प्रयोग गर्न सक्छन् ।

यो आइडी बनाएपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्छ । जसलाई विभागले अफिसियल अनलाइन डकुमेन्टका रुपमा स्वीकार गर्छ ।

यसैका आधारमा विभागले यो व्यक्ति कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण प्राप्त गर्छ । त्यसअनुसार अब विभागले सो व्यक्तिको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ ।

अनलाइन आवेदन गरेपछि तपाईंको प्रक्रिया प्रमाणित (एप्रोभ) भएको जानकारी विभागले कामदारकै इमेलमा पठाउँछ ।

त्यसपछि बैंकमा वैदेशिक रोजगार कल्याणकारी कोषबापत तोकिएको शुल्क जम्मा गर्न सकिनेछ । पहिलेजस्तो ताहाचलमै रहेका सीमित बैंकहरुका काउन्टरमा हैन, देशका ठूला ६ बाणिज्य बैंकका जुनसुकै शाखाबाट सरकारको खातामा रकम जम्मा गराउन सकिनेछ ।

विभागले झण्डै ६ वटा बैंकसँग कामदारले जहाँसुकैबाट रकम जम्मा गर्न सक्ने गरी सम्झौता गरेको छ । यसअघि सीमित बैंकमा केही काउन्टरबाट मात्रै सरकारले तोकेको शुल्क तिर्नुपर्दा कामदार घन्टौं लाममा बस्नुपर्ने समस्यामा छन् ।

त्यसपछि पहिलोपटक विदेश जानेले ओरियन्टेशन कक्षा लिनुपर्नेछ । वैदेशिक रोजगारीबारे ओरियन्टेशन लिने कक्षामा विद्युतीय हाजिरी मेसिन हुन्छ । त्यहाँ तपाईले ‘थम्प्स’ गरेपछि विभागमा यो जानकारी पुग्छ ।

मेडिकलका लागि पुग्दा पनि यसैगरी विद्युतीय हाजिरी हुनेछ । मेडिकलले पनि सम्बन्धित व्यक्तिको मेडिकल रिपोर्ट सरकारको सिस्टममा पठाउँछ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले गरेका बीमाका सबै रेकर्ड पनि यो सिस्टममा स्वतः जान्छ । यसका लागि विभागले बीमा कम्पनीहरुसँगको सहकार्यमा विशेष व्यवस्था गरेको छ ।

यी हरेक प्रक्रिया पुरा भएपछि सिस्टमले कामदारको इमेलमा नोटिफिकेशन पठाउँछ । यसका आधारमा कामदारले आफ्नो कागजी प्रक्रिया कहाँ पुगेको छ भन्ने सजिलै जानकारी पाउनेछन् ।

श्रम इजाजत नवीकरण गर्नेले भने आरियन्टेशन र मेडिकल गर्नुपर्दैन । विदेश गएर फर्किएकाहरुको रेकर्ड विभागको सिस्टममा हुने भएकाले यो प्रक्रिया नभिएपनि नीकवरणलाई सिस्टमले प्रमाणित गर्नेछ ।

आफ्ना सबै प्रक्रिया टुंगिएको जानकारी इमेलमा पाएपछि सेवाग्राही विभागको कार्यालयमा पासपोर्ट लिएर जानुपर्नेछ । त्यसमा श्रम अधिकारीले श्रम स्वीकृति दिएर स्टीकर टाँसिदिनेछन् ।

अनलाइन श्रम कसरी एप्लाइ गर्ने ? 

shram-swikriti

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा