February 10, 2017

३३८ ले एकैचोटी राजिनामा दिएपछि शेर बहादुर एक्लिदै !

न्यायपरिषदले बहुमतका आधारमा गरेको न्यायाधीश नियुक्ति प्रकरणमा बारको अस्तित्वलाई अस्विकार गर्दै संविधान अनुरुपको समानुपातिक एवम् समावेशी सिद्धान्तविरुद्ध निर्णय भएको भन्दै ३३८ जनाले राजिनामा दिएका हुन्।

    उच्चअदालतमा भएको न्यायाधीश नियुक्तिप्रति गम्भिरअसन्तुष्टी जनाउँदै बार उपध्यक्षसहि३३८जनाले एकैचोटी राजिनामा दिएपछि बारअध्यक्ष शेरबहादुर केसीलाई एक्ल्याएका हुन्।न्यायपरिषदले बहुमतका आधारमा गरेको न्यायाधीश नियुक्ति प्रकरणमा बारको अस्तित्वलाई अस्विकार गर्दै संविधान अनुरुपको समानुपातिक एवम् समावेशी सिद्धान्तविरुद्ध निर्णय भएको भन्दै ३३८ जनाले राजिनामा दिएका हुन्। नेपाल बारएशोसिएसनका केन्द्रीय उपाध्यक्ष विनय सिंह सहित दुई नम्बर प्रदेश अन्तर्गत रहेका मधेशका आठवटा जिल्ला बार र तीनवटा उच्च अदालत बारका पदाधिकारीले विहीबार नेपाल बारको साधारण सदस्य नरहने गरी बार अध्यक्ष शेरबहादुर केसीलाई राजिनामा बुझाई साधारण सदस्यता त्यागेका हुन्।

बारको सदस्यता त्याग गर्नुअघि मधेशबाट काठमाडौं आएका सयौं कानुनव्यवसायीले प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध चर्का नाराबाजीसहित रामशाहपथस्थित बारको केन्द्रीय कार्यालय घेराउ गरेका थिए।बार सदस्यताबाट राजिनामा दिनेमा मध्यमाञ्चल बार उपाध्यक्ष सिंह, पर्सा बारका अध्यक्ष रामाशिषप्रसाद यादव, बारा बारका अध्यक्ष योगेन्द्र मण्डल, रौतहट बारका अध्यक्ष अनन्त अधिकारी, सर्लाही बारका अध्यक्ष मोहन राय यादव रहेका छन्। तेसै गरिमहोत्तरी बारका अध्यक्ष सुनिल पंकज,सिराहा बारका अध्यक्ष रामस्वरुप चौधरी, सप्तरी बारका अध्यक्ष रामप्रसाद चौधरी, राजविराज उच्च अदालत बारका अध्यक्ष विजयकुमार यादव, जनकपुर बारका अध्यक्ष वीजया पाण्डे र वीरगञ्ज उच्च अदालत बारका अध्यक्ष सुधीर कर्णसहित तीन सय ३८ जना कानुनव्यवसायी छन्।नेपाल बारले आन्दोलनकारीका मागलाई लिएर सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दाशको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरि शुक्रबार ११ बजेलाई वार्ता तय भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको