27 माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा स्काइरेल अर्थात मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ ।
वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार काठमाडौंमा मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । र, योजना अनुसार काम भयो भने अबको २ वर्षभित्र काठमाडौंको छोटो रुटमा परीक्षणका रुपमा मोनोरेल सञ्चालनमा आउनेछ ।
वाइबिडी साइमेक्स कम्पनी ३ महिनाभित्रै काठमाडौंको कुनै १० किलोमिटरको रुटमा मोनोरेल चलाउने विषयमा सम्भाब्यता अध्ययन गर्नेछ । काठमाडौंका अधिकांश क्षेत्रको अध्ययन सक्ने भने १ वर्ष लाग्छ ।
यदि प्रतिवेदनले स्काइरेललाई अगाडि बढाउन सकिने देखाएमा त्यसको करिब १ वर्षभित्रै रेल सञ्चालनमा आउन सक्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रशिद्धजंग पाण्डेले दाबी गरे ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौंमा मेट्रो रलको भन्दा मोनोरेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारी अन्तरगत सम्भाब्यता अध्ययन गर्न लागिएको बताए ।
‘मेट्रो रेलका लागि लगानी बोर्डले पनि अध्ययन थालेको छ । तर, हाम्रो पूर्वाधार र ग्राउण्ड रियालिटी हेर्दा स्काइरेलको सम्भावना बढी राम्रो देखियो’ तामाङले भने, ‘मेट्रो रेल जमिनभित्र कुद्ने भएकाले निर्माण तथा सञ्चालन लागत पनि बढी हुन्छ । स्काइ रेल भने हाम्रो शहरको पूर्वाधारसँग म्याच हुने देखियो ।’
तामाङले फिजिबिलटी रिपोर्ट आएपछि कुन मोडलमा, कसरी स्काइ रेल चलाउने भन्ने निर्णय हुने बताए ।
उनले मलेसिया लगायतका देशमा ११ मिटर फराकिलो सडकमाथि पनि स्काइरेल चलिरहेकाले काठमाडौंमा यसको सम्भावना राम्रो रहेको सुनाए । साइमेक्सका अध्यक्ष पाण्डेले यो रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने बताए ।
निर्माण अवधि पनि मेट्रो रेलको भन्दा एकतिहाइ कम हुने भएकाले यसको राम्रो सम्भावना देखिएको उनको भनाइ छ । ‘हामी सुरुवातमा सम्भाब्यता अध्ययन गर्छौं । एकवर्षभित्र काठमाडौंभरिको रुटमा यसको अध्ययन भइसक्छ’ पाण्डेले भने, ‘१० किलोमिटरको रुटमा पाइलट प्रोजेक्टमा रुपमा काम गर्न ३ मिहनाभित्रै प्ररम्भिक रिपोर्ट आउनेछ ।’
त्यसपछि सरकारी प्रक्रिया पुरा हुनासाथ त्यसका एकवर्षभित्र नै रेल सञ्चालनमा ल्याउन सकिने छ ।
उनले ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताए । आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनैपनि किसिमको असर नगर्ने उनको भनाइ छ ।
‘स्काइ रेलमा लगानी गर्दा त्यसको प्रतिफल आउन सक्छ कि सक्दैन भन्ने पनि सम्भाब्यता अध्ययनले टुंग्याउनेछ’ पाण्डेले भनेका छन् ।
वैशाख ३१, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काङगे्रस निकट पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ
२६ बैशाख, सुर्खेत । कर्णालीका सामुदायिक स्वास्थ्य स्वयम्सेवीहरुको प्रतिनिधित्व गर्दै मर्यादित काम, उचित ज्याला र
मंगलबार, १४ चैत्र २०७९,नेपाल सरकारले आगामी २०८० को वैशाखदेखि लागु हुने गरी अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई
४ चैत,मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष बागदल अधिकारी बैठकमै
काठमाडौं, भदौ १ ७ गते । गठबन्धन सरकारले दशैको मुखमा नेपाली जनतालाई मार पार्ने गरि फेरी
साउन १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी