ट्रम्पलाई अदालतको अहिलेसम्मकै सबैभन्दा ठूलो झट्का, तर ट्रम्प पछि नहट्ने

वासिंगटन, २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले अर्को झट्का दिएको छ । सात मुस्लिम बहुल देशका नागरिकलाई अमेरिका जान लगाएको प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको निर्णयलाई सिएटल अदालतले अस्थायी रोक लगाइदिएको छ ।Donald-Trump-US-President-1-768x487

अमेरिकी राज्यले ट्रम्पको कार्यकारी निर्णयविरुद्ध अदालतले आदेश दिन नसक्ने सरकारी वकिलको दावीलाई सिएटल अदालतले खारेज गरिदिएको हो । ट्रम्प प्रशासनका लागि यो अहिलेसम्मको सबैभन्दा ठूलो कानुनी झट्का हो ।

बोस्टनको एक अदालतले फैसला सुनाएको भोलिपल्टै वासिंगटन राज्यमा ट्रम्पको निर्णयविरुद्ध आदेश आएको हो । वासिंगटनमा सुनाइएको यो आदेशले देशभरी प्रभाव पार्ने जनाइएको छ ।

अमेरिकी विदेश विभाग र गृहमन्त्रालयले यसै समयमा कानुनी विशेषज्ञसँग अमेरिकाले रद्ध गरेका ६० हजारभन्दा बढी रद्द गरिएका भिजामाथि कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल गरिरहेको छ । अमेरिकी सञ्चारमाध्यमले कस्टम र आप्रावसी अधिकारीले सबै एयरलाईन्ससँग ट्रम्पको घोषणा जारी हुनुअघिको सामान्य स्थिति बहाल गर्ने बारेमा कुराकानी भइरहेको बताइएको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै न्याय विभागले जतिसक्दो छिटो अदालतको यो फैसला रोक्नका लागि अपिल हाल्ने जनाएको छ । विज्ञप्तिमा दाबी गरिएको छ, ‘राष्ट्रपतिको यो आदेश कानुनी रुपमा पनि सही र उचित हो । उनको यो आदेश देशको सुरक्षाका लागि हो र अमेरिकी जनताको सुरक्षा उसको ंसंवैधानिक अधिकार हो । ट्रम्प प्रशासनका लागि यो ठूलो चुनौती पनि हो । अमेरिकी अधिकारीहरुले ट्रम्पको कार्यकारी आदेशको एक सातामा नै ६० हजारभन्दा बढीको भिषा सद्द गरिसकिएको जनाएको छ ।

ट्रम्पले अघिल्लो साता अमेरिकामा शरणार्थीको संख्या कम गर्ने तर्क दिँदै अमेरिका प्रवेशमा १ सय २० दिनसम्मका लागि रोक लगाउने आदेश दिए । यसका साथै सिरियाली शरणार्थीलाई अमेरिका प्रवेशमा अनिश्चितकालीन रोक लागेको थियो । सिरिया, यमन, इराक, इरान, लिबिया, सोमालिया र सुडानका आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो । ट्रम्पको यो निर्णयका विरुद्ध वासिंगटन र मिनेसोटामा अदालतमा मुद्दा दर्ता भएको थियो । वासिंगटन राज्यका महान्यायधिवक्ता बब फर्गुसनले यो प्रतिबन्ध गैरकानुनी र असंवैधानिक भएको बताएका छन् । ट्रम्प प्रशासनले भने यो प्रतिबन्ध अमेरिकालाई सुरक्षित राख्नका लागि गरिएको जनाएको छ । नीतिहरुलाई चुस्त दुरुस्त बनाएर पुनः सुचारु बनाउने ट्रम्पको भनाई छ ।

ट्रम्पले यसलाई मुस्लिममाथिको प्रतिबन्धका रुपमा नबुझ्न आग्रह गरेको भएपनि केही अमेरिकी भिषाबाहकसमेत अमेरिका फर्किन पाएका छैनन् । यसैबीच नर्वेका पूर्वप्रधानमन्त्रीले आफूलाई यसैसाता अमेरिकी एयरपोर्टमा रोक लगाइएको जनाएका छन् । उनको भिषा इरानी थियो ।

प्रतिबन्ध कायम रहने प्रतिज्ञा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा ७ मुस्लिम बहुल देशका नागरिकमाथि लगाएको प्रतिबन्ध कायम राख्ने प्रतिबद्धता जनाएका छन् । उनले ट्रम्प प्रशासनको निर्णयविद्ध आएको फैसलालाई हास्यास्पद भएको टिप्पणी गर्दै यसलाई नमान्ने बताएका हुन् । न्यायधीस जेम्स रोबर्टले ट्रम्पको कदमलाई असंवैधानिक भएको बताएका थिए ।

६० हजार बढीको भिषा रद्द

अमेरिकी राष्ट्रपतिले अघिल्लो सात मुस्मिल बहुल देशका आप्रवासीमाथि लगाएको रोकपछि हालसम्म ६० हजारभन्दा बढीको भिषा रद्द भएको जनाइएको छ । अमेरिकी सरकारी एक कानुन व्यवसायीले ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि यतामात्रै अमेरिका प्रवेश गर्ने १ लाखको भिषा रद्द भएको जनाएका छन् ।

एक साताअघि इरान, इराक, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशपछि मात्रै ६० हजारको भिषा रद्द भएको अमेरिकी कन्सुलर विभागका प्रवक्ता विल कक्सले जनाएका छन् ।

अमेरिका प्रवेशमा रोक लगाइएको ९० दिनमा अमेरिकी प्रशासनले भिषा प्रणालीबारे अध्ययन गर्ने जनाइएको छ । अमेरिकामा नै यो प्रतिबन्धको विरोध हुँदै आएको छ भने राष्ट्रसंघ सहित अन्तर्राष्ट्रिय समुदाय समेत ट्रम्प प्रशासनको निर्णयदेखि असन्तुष्ट रहेका छन् । ट्रम्पको आप्रवासीसम्बन्धि कार्यकारी आदेशपछि मात्रै १ सय ९ जनालाई अमेरिका नियन्त्रणमा लिइएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)