गिरानचौरबासी भन्छन्- धुर्मुस सुन्तलीभन्दा कम छैनौं

giranchur-news-basti-3
२१ माघ, काठमाडौं । हास्यजोडी धुर्मुस-सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती बनाएर ६५ परिवारलाई सुविधाजनक आवासको प्रवन्ध गरिदिए । त्यही नजिकै रहेको अर्को टोलका भूकम्पपिडितहरु भने जिर्ण घरटहरामा दिन काटिरहेका छन् ।

अब उनीहरुमा सुविधाजनक एकीकृत बस्तीमा बस्ने लालसा छ । तर, धुर्मुस-सुन्तली सबैतिर छाउन सक्दैनन् । त्यसैले उनीहरु आफैं साहस गरेर एकीकृत वस्ती निर्माणको प्रयासमा जुटेका छन् ।Giranchaur-768x460

एकीकृत बस्ती बनाउन जुट्दै गर्दा धुर्मुस सुन्तलीसँग मिडिया थिए, सेलिब्रेटी थिए, फ्यान थिए, पहुँच थियो ।

तर, आफैं एकीकृत बस्ती बनाउन जुटेका स्थानीयसँग जोश-जाँगर छ । तर जोश जाँगरले मात्रै बस्ती बन्दैन, यथेष्ट पैसा चाहिन्छ ।
बस्ती निर्माण गर्न झण्डै १६ करोड रुपैयाँ लाग्ने अनुमान छ । तर, ४० परिवार सरकारी अनुदानबाहेक एक रुपैयाँ पनि खर्च गर्नसक्ने स्थितिमा छैनन् । ७० परिवार सरकारले दिएको ३ लाख अनुदानमा केही रकम थप्न सक्छन् भने ३० परिवार थप ३ लाखसम्म खर्च गर्न तयार छन् ।

तर यो रकम पर्याप्त छैन । उनीहरुले सरकारसँग सहुलियत ऋण मागेका छन् । तर, त्यो पाउने ग्यारेन्टी छैन ।

त्यसैले १ सय ५० घरको एकीकृत बस्ती बनाउन जुटेका उनीहरु सहयोगी हातको खोजीमा छन् ।

सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनाका अध्यक्ष राजकुमार भट्टराईले कामको थालनी ३० वटा घरबाट गर्न लागिएको बताए । उनी भन्छन्-‘हामी बस्तीका केही घर बनाएर बस्न सक्छौं । तर, हामी घर नै बनाउनै नसक्नेहरुलाई पनि एकीकृत बस्तीमै ल्याउन चाहिरहेका छौं । त्यसका लागि आर्थिक स्रोत कसरी जुटाउने भन्नेमा हामी अझै छलफलमै छौं ।’

 

प्रतिघर एक लाख रुपैयाँ उठाएर आर्थिक संकलन सुरु गरिएको छ । एउटा घरका लागि झण्डै ११ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । बस्तीलाई धुर्मुस सुन्तलीको जस्तै बाल तथा अपांगमैत्री बनाउने लक्ष्य छ । साथै बस्तीभित्रै स्वास्थ्य चौकीसहित मन्दिर निर्माण गर्ने योजना पनिे छ ।

धुर्मुस-सुन्तलीको जस्तै देश-विदेशबाट सहयोग जुटाउन सके बस्तीलाई नमूना रुपमा खडा गर्ने भट्टराईको भनाइ छ । बस्तीका लागि आउने सबै सहयोगलाई सार्वजनिक गरेर मात्रै काम गर्ने योजना छ । ‘यो अवसर पनि हो र जोखिम पनि हो । सफलता पाइन्छ भनेर नै हामीले आँट गरेका हौं । हामी पनि धुर्मुस-सुन्तलीभन्दा कम छैनौं भनेर देखाउन चाहन्छौं’ भट्टराई भन्छन् ।

गिरानचौरलाई भूकम्पपछि उठेको एकीकृत बस्तीको नमूनाका रुपमा विकास गर्ने र यहाँ हामेस्टेमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना स्थानीयको छ ।Giranchaur-12-768x384

योजना पुरानो, काम नयाँ

त्यसो त एकीकृत बस्तीको सोच धुर्मुस-सुन्तलीको बस्ति निर्माण हुनुभन्दा पहिले नै बनाइएको स्थानीय वासिन्दा बताउँछन् ।

२०७२ बैशाख १२ को भूकम्पपछि अन्य स्थानमा जस्तै सिंगो गिरानचौर पालमुनी आएको थियो । त्यतिबेलै एक ठाउँमा मिलेर बस्दा कति सहज हुने ठानेर एकीकृत वस्तीको परिकल्पना गरिएको थियो ।

जेठ २० भएको स्थानीयको भेलाले गिरानचौरमा एकीकृत बस्ती विकास गर्ने निर्णय गरेको थियो र निर्णयको प्रतिलिपी बुझाउँदै सहयोगका लागि मेलम्ची नगरपालिकालाई अपील गरेका थियो ।
काभ्रेमा २० वटा घरको एकीकृत बस्ती निर्माण सकेर सिन्धुपाल्चोक गएका धुर्मुस-सुन्तलीलाई नगरपालिकाले गिरानचौरमा पुर्‍याएको थियो । ‘उहाँहरु सुरुवातमा ३० वटा घर बनाउने भन्दै आउनुभएको थियो । तर, माथिल्लो बस्तीमा ६५ वटा मात्रै घर निर्माण गर्दा हुने भएकाले हामीले नै उहाँहरुलाई त्यहीँ बस्ती बनाउन आग्रह गरेका थियौं’ अध्यक्ष भट्टराई भन्छन् ।

giranchur-news-basti-8

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत