उपत्यकाको आठ ठाउँमा बन्ने भो सेटलाईट सिटी

काठमाडौं, माघ २१ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोट, दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा स्याटलाइट सिटी निर्माण गरिने भएको छ ।satellite-city-kathmanduती स्थानमा स्याटलाइट सिटी निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गरिसकेको र अब विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को काम अगाडि बढाइने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका योजनाविद् भागवतभक्त खोकालीले अबको १५ वर्षमा उपत्यकाका केही स्थानमा आधुनिक सहर निर्माण गरिसक्ने गरी सरकारले स्याटलाइट सिटी निर्माण गर्न लागेको जानकारी दिए । काठमाडौँ सहर अव्यवस्थित र साँघुरो बन्दै गएको र अब त्यस्तो नहोस् भन्नका लागि सरकारले उपत्यकाको निश्चित स्थानमा स्याटलाइट सिटी निर्माण गर्न लागेको हो ।
स्याटलाइट सिटी निर्माणको कामका लागि अहिले विशेषज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरिसकेको र एक वर्षभित्र डीपीआर तयार गर्ने र सोका आधारमा स्याटलाइट सिटी निर्माणको काम अगाडि बढ्नेछ ।
सहरी विकास मन्त्रालयले यस वर्षको कार्यक्रममा प्रस्तावित स्याटलाइट सिटी निर्माणका लागि डीपीआर तयार गर्न १४ करोड रुपियाँ विनियोजन गरेको छ ।
सरकारले ललितपुरको विभिन्न स्थानमा प्रस्ताव गरेको स्याटलाइट सिटी निर्माणका लागि एक लाख रोपनी र काठमाडौँ र भक्तपुरमा प्रस्तावित सिटी १० हजार रोपनी क्षेत्रमा बन्ने तयारी भएको छ । यसका लागि बजेट विनियोजन भइसकेको र चाँडै काम अगाडि बढ्ने खोकालीले बताए ।
सिटी निर्माण गर्दा सरकारले तोकेको जमिनलाई प्राधिकरणले टाउन प्लानिङ गर्नका लागि ल्यान्डपुलिङ गर्नेछ र सो क्षेत्रमा विद्युत्, पानी, ढल, फोहोर व्यवस्थापन, सञ्चार, शैक्षिक क्षेत्र, खेलमैदान र भौतिक पूर्वाधार, पर्यटकीय स्थान, धार्मिक तथा सांस्कृतिक स्थान र मनोरञ्जन पार्कलगायतका स्थानसमेत छनोट गरिनेछ । आजको गोरखापत्र दैनिकमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने