January 22, 2017

दाँत चाम्काउने ऊपाए

सफा र टल्कने दाँत कसलाई मन नपर्ला ? यस्तो दाँतले मानिसको व्यक्तित्वमा नै निखार ल्याउँछ । सेलिब्रेटीहरुले आफ्नो दाँत चम्काउनका लागि महंगा ब्रान्डका सामग्री र कस्मेटिक उपचार अपनाउँछन् । तर सर्वसाधारणले यसो गर्न सक्दैनन् । तर धन्दा मान्नुपर्दैन । घरमै भएका मामुली बस्तुहरुको प्रयोगबाट पनि दाँत चम्काउन सकिन्छ ।बेलायतका सेलिबि्रटी डेन्टिस्ट रिचार्ड मक्र्युसले दिएका सुझावलाई प्रयोग गरि हेरौं न त ।

१. बेकिङ सोडा प्रयोग गर्नुस्

 

 

बेकिङ सोडा दाँत चम्काउने प्राकृतिक वस्तु हो, जुन धेरै टुथपेस्टहरुमा प्रयोग भएको हुन्छ । एक चौथाई चियाचम्चा बेकिङ सोडालाई पानीमा मिलाउनुस र ब्रसको सहायताले दाँतमा रगड्नुस । अथवा, बेकिङ सोडालाई सोझै टुथपेस्टमा राख्नुस । केही समयमा नै तपाईंको दाँत सेतो देखिन थाल्नेछ ।

२. स्ट्रबेरी खानुस्

स्ट्रवेरीमा मेलिक एसिड नामक तत्व रहेको हुन्छ, जुन प्राकृतिकरुपमा दाँत चम्काउन सहयोगी हुन्छ ।

३. नून-पानीले कुल्ला गर्नुस्

नूनपानीले पनि प्राकृतिकरुपमा तपाईंको दाँत सेतो बनाउन मद्दत गर्छ र गिजाको पनि स्याहार गर्छ । यो प्राकृतिक एन्टिबायोटिक हो । एक कप तातो पानीमा एक चियाचम्चा नून हाल्नुस् र यसलाई माउथवासको रुपमा प्रयोग गर्नुस् ।

४. सेतो खानेकुरा खानुस्

तपाईं जति सेतो खानेकुरा खानुहुन्छ त्यति नै तपाईंको दाँत सेतो हुँदै जान्छ । चिकेन, भात र माछा खाने गर्नुस् । चुकन्दर, ऐंसेलु, गाजरजस्ता कलिरिङयुक्त खानेकुराबाट टाढा रहनुस् ।

५. स्याउ खानुस्

मेलिक एसिड अन्तरनिहित हुने भएकाले स्याउको सेवनले पनि दाँतलाई सेतो बनाउन मद्दत पुग्छ ।

६. पानी र दुध पिउनुस्

कागतीपानी पिउनाले दाँतलाई फाइदा पुग्छ । यसैगरी रेड वाइनभन्दा ह्वाइट वाइन दाँतका लागि हीतकर हुन्छ । दुधमा हुने क्याल्सियमले पनि दाँत तथा गिजालाई बलियो र सफा बनाउन मद्दत गर्छ ।

७. चिज खानुस्

दाँतलाई बलियो र सफा बनाउन सहयोग गर्ने अर्को प्राकृतिक वस्तु हो, चिज । विशेषगरी कडा चिजमा क्याल्सियम हुने भएकाले दाँतलाई फाइदा पुग्छ ।

८. नरिवलको तेल प्रयोग गर्नुस्

एक चम्चा नरिवलको तेल मुखमा हालेर सकेसम्म धेरै बेर कुला गर्नुस् । यो जति लामो समय गर्नुभयो त्यति फाइदा मिल्छ । त्यसैले कम्तिमा १५ मिनेट मुखमा राख्ने कोशिस गर्नुस् । यस्तो अभ्यासले दाँतमा रहेका ब्याक्टेरियालाई हटाउने र दाँतलाई चिल्लो बनाएर यसमा रहेका दागहरु पनि सफा गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति