८ माघ, काठमाडौं– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाली समयअनुसार शुक्रबार राती पौने ११ बजे उनले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन् । भव्य समारोहका बीच उनले अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जस्टिन जोन रोबट्र्सबाट पद तथा गोपनियताको सपथ लिए ।
उनको सपथ ग्रहण समारोहमा करीब ९ लाख मानिसहरुको सहभागिता रहेको थियो भने करोडौंले टेलिभिजनबाट प्रत्यक्ष हेरेका थिए । यस्तै उनको सपथ ग्रहण चल्दै गर्दा अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन समेत भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
पद तथा गोपनियताको सपथ लिएसँगै ट्रम्पले आफ्नो सम्बोधनमा भने– चुनौति आउँछन्, तर सबै चुनौतिको सामना गर्न तयार छौं । हामी मात्र भविष्यको बारेमा सोचिरहेका छौं ।
७० वर्षीय ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्ने नेता हुन् ।
यसैबीच सत्ता हस्तान्तरणसँगै अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक ट्वीट गर्दै आफू सदैव अमेरिकी जनताको साथमा रहेको बताउँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले जनताको सेवा गर्ने मौका पाएकोमा आफू धन्य रहेको समेत बताएका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको