काठमाडौं, १७ माघ । निरन्तर मधेस केन्द्रीत दलसँग आक्रामक बन्दै आएका प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चा देश बिगार्ने बाटोतर्फ लागेको आरोप लगाएका छन् ।
सोमबार राजधानीको टेकुमा आयोजित वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले भने, ‘मोर्चाका नेताहरु देश बिगार्न भए भोट हाल्छौं, हैन भने भोटै हाल्दैनौं भन्छन् ।’ ओलीले मोर्चाका नेतालाई प्रश्न गर्दै भने, ‘देश बिगार्नेको लागि चाहिँ भोट हाल्ने कस्तो राष्ट्रवाद हो ?
मधेसी मोर्चा देश विखण्डन गर्ने बाटोतर्फ लागेको भन्दै ओलीले देशको स्थायित्व र विकासका लागि इमान्दार भएर नलागे उनीहरु आफैं सकिने जिकिर गरे ।
उनले आफ्नो पार्टी संविधान संशोधनको विरुद्धमा रहेकाले एमालेलाई भोट कहाँ हाल्नुपर्छ राम्रोसँग थाहा भएकाले कसैले सिकाइरहन नपर्ने बताए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई