मधेसी मोर्चालाई ओलीको प्रश्न- देश बिगार्न भोट हाल्ने यो कस्तो राष्ट्रवाद ?

काठमाडौं, १७ माघ । निरन्तर मधेस केन्द्रीत दलसँग आक्रामक बन्दै आएका प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चा देश बिगार्ने बाटोतर्फ लागेको आरोप लगाएका छन् ।kp-oli1

सोमबार राजधानीको टेकुमा आयोजित वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले भने, ‘मोर्चाका नेताहरु देश बिगार्न भए भोट हाल्छौं, हैन भने भोटै हाल्दैनौं भन्छन् ।’ ओलीले मोर्चाका नेतालाई प्रश्न गर्दै भने, ‘देश बिगार्नेको लागि चाहिँ भोट हाल्ने कस्तो राष्ट्रवाद हो ?

मधेसी मोर्चा देश विखण्डन गर्ने बाटोतर्फ लागेको भन्दै ओलीले देशको स्थायित्व र विकासका लागि इमान्दार भएर नलागे उनीहरु आफैं सकिने जिकिर गरे ।

उनले आफ्नो पार्टी संविधान संशोधनको विरुद्धमा रहेकाले एमालेलाई भोट कहाँ हाल्नुपर्छ राम्रोसँग थाहा भएकाले कसैले सिकाइरहन नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

ईन्द्रावती गाउँपालिकाद्धारा इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण

८ चैत,चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।

चैत १० देखि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी आयोजना हुँदै,१५० भन्दा बढी स्टलहरु रहने

६ चैत,काठमाडौं । चैत १० गतेदेखि १२ गतेसम्म तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना

सत्यदीप ग्रुपले एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गर्दै

६ चैत,काठमाडौं । अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा

सहकर्मी देखि प्रिन्टिङ प्रेस सम्मको लाखौं ठगेर आफुलाई माओवादी नेता बताउने राजेन्द्र शर्मा बेपत्ता

५ चैत,काठमाडौं। आफुलाई माओवादी सम्बद्ध यातायात मजदुर संगठनको नेता बताउने राजेन्द्र शर्माले मजदुरहरुकै लाखौं ठगी