लोडसेडिङ नभए पनि किन जान्छ बत्ती ? कुलमानले दिए दुई कारण

१४ माघ, काठमाडौं । तिहारको लक्ष्मीपूजाबाट काठमाडौंमा लोडसेडिङ बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले काठमाडौं अब लोडसेडिङमुक्त भएको बताएका छन् ।

अहिले लोडसेडिङको घोषित तालिका आएको पनि छैन । तर, पनि बेलाबेला लाइन गइरहन्छ । विहीबार पर्वतमा प्रधानमन्त्री प्रचण्ड र स्याङ्जामा केपी ओलीले भाषण गरिरहेका बेलामा पनि झ्याप्पै लाइन गयो ।Kulman-Ghising

आखिर किन यसरी झ्याप्पै लाइन जान्छ ? कसैले बिजुली काट्छ कि ? यसबारे उठ्ने जिज्ञासाको समाधान गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक छलफलमा प्राधिकरण प्रमुख घिसिङले यसका दुईवटा कारण रहेको बताए ।

कुलमानका अनुसार बत्ती जाने एउटा कारण हो- सडक विस्तार । सडक विस्तारका लागि पोल सार्नुपर्‍यो । यसका लागि लाइन काट्नुको विकल्प छैन । पोल सार्न टेलिकमको तार पनि सार्नुपर्छ । त्यसभन्दा पनि केबल कपरेटरहरुको केबल सार्न निकै समस्या परेको प्राधिकरण प्रमुख घिसिङले बताए ।

त्यसैगरी खानेपानीको पाइपका कारण कहिलेकाँही विद्युत आपूर्तिमा समस्या आउने गरेको उनले बताए ।

अहिले रिङरोड विस्तारको काम भइरहेको छ । साथै मेलम्चीको पाइप विच्छ्याउन पनि विभिन्न स्थानमा सडक खन्ने काम भइरहेको छ । घिसिङका अनुसार रिङरोडको चावहिलदेखि महाराजञ्जसम्म प्राधिकरणको हाम्रो ६६ केभीएको लाइन अण्डरग्राउण्ड छ । र, सडक विस्तारका क्रममा त्यसमा केही भयो भने चपाली सबस्टेसन क्षेत्रमा लाइन जान्छ ।

रत्नपार्क क्षेत्रमा यस्तै समस्या आउँदा रातभर काम गर्नु परेको अनुभव उनले सुनाएका थिए।

बेलाबखत बिजुली जाने दोस्रो कारण हो- प्राधिकारणको पुरानो सिस्टम । विद्युत प्राधिकरणको सिस्टममा नै बेलाबेला समस्या आउने गरेका कारण विद्युत आपूर्तिमा अवरोध हुने गरेको छ । यसलाई सम्बोधन गर्न अपग्रेडिङका कामहरु भइरहेको कुलमानले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चुनाबमा पार्टीको माथिल्लो ओहदामै रहेका नेताहरू पार्टी विरूद्धको षड्यन्त्रमा संलग्न भए: ओली

वैशाख २८,काठमाडौं । आज शुरु भएको केन्द्रिय समितिको वैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

जेठदेखि संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने

  २०८० बैशाख २४,काठमाडौं । प्रतिनिधिसभा सदस्‍यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न–उत्तर गरिने भएको

नक्कली शरणार्थीको रकम जफत गर् : साम्सद सूर्य थापा

 वैशाख २२काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा साम्सद सूर्य थापाले नक्कली भुटानी

आजको मौसमः पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौं, वैशाख २१ गते । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा

क्रिकेट खेलाडीले पाउने भए जनही ६ लाख

बैशाख २०, काठमाडौं ।  एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई सरकारले जनही

यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट, ओलीले दिए बधाई 

बैशाख १९, काठमाडौँ-नेपालले एसिया कप क्रिकेटमा छनोट भएको छ । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई