लोडसेडिङ नभए पनि किन जान्छ बत्ती ? कुलमानले दिए दुई कारण

१४ माघ, काठमाडौं । तिहारको लक्ष्मीपूजाबाट काठमाडौंमा लोडसेडिङ बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले काठमाडौं अब लोडसेडिङमुक्त भएको बताएका छन् ।

अहिले लोडसेडिङको घोषित तालिका आएको पनि छैन । तर, पनि बेलाबेला लाइन गइरहन्छ । विहीबार पर्वतमा प्रधानमन्त्री प्रचण्ड र स्याङ्जामा केपी ओलीले भाषण गरिरहेका बेलामा पनि झ्याप्पै लाइन गयो ।Kulman-Ghising

आखिर किन यसरी झ्याप्पै लाइन जान्छ ? कसैले बिजुली काट्छ कि ? यसबारे उठ्ने जिज्ञासाको समाधान गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक छलफलमा प्राधिकरण प्रमुख घिसिङले यसका दुईवटा कारण रहेको बताए ।

कुलमानका अनुसार बत्ती जाने एउटा कारण हो- सडक विस्तार । सडक विस्तारका लागि पोल सार्नुपर्‍यो । यसका लागि लाइन काट्नुको विकल्प छैन । पोल सार्न टेलिकमको तार पनि सार्नुपर्छ । त्यसभन्दा पनि केबल कपरेटरहरुको केबल सार्न निकै समस्या परेको प्राधिकरण प्रमुख घिसिङले बताए ।

त्यसैगरी खानेपानीको पाइपका कारण कहिलेकाँही विद्युत आपूर्तिमा समस्या आउने गरेको उनले बताए ।

अहिले रिङरोड विस्तारको काम भइरहेको छ । साथै मेलम्चीको पाइप विच्छ्याउन पनि विभिन्न स्थानमा सडक खन्ने काम भइरहेको छ । घिसिङका अनुसार रिङरोडको चावहिलदेखि महाराजञ्जसम्म प्राधिकरणको हाम्रो ६६ केभीएको लाइन अण्डरग्राउण्ड छ । र, सडक विस्तारका क्रममा त्यसमा केही भयो भने चपाली सबस्टेसन क्षेत्रमा लाइन जान्छ ।

रत्नपार्क क्षेत्रमा यस्तै समस्या आउँदा रातभर काम गर्नु परेको अनुभव उनले सुनाएका थिए।

बेलाबखत बिजुली जाने दोस्रो कारण हो- प्राधिकारणको पुरानो सिस्टम । विद्युत प्राधिकरणको सिस्टममा नै बेलाबेला समस्या आउने गरेका कारण विद्युत आपूर्तिमा अवरोध हुने गरेको छ । यसलाई सम्बोधन गर्न अपग्रेडिङका कामहरु भइरहेको कुलमानले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई