२० भदौ, काठमाडौं । ब्राजिलियन फुटबलका स्टार नेइमारलाई उनका समर्थकले मैदानमा लडाएका छन् ।
विश्वकप छनौट खेलको तयारीमा रहेका नेइमारलाई प्रशिक्षणको क्रममा मैदानमा आएका समर्थकले खुसी हुँदै अङ्गालो मारेका हुन् ।
धेरै जना समर्थकले एकैपटक नेइमारलाई घेरेपछि उनी मैदानमै लडे ।
सुरक्षाका लागि खटिएका गार्डले नेइमारलाई भेट्न गएका समर्थकको हुललाई रोक्न खोजेपनि सकेनन् । नेइमार भने समर्थकहरुको व्यवहार देखेर हाँसिरहेका थिए ।
नेइमारले अभ्यास गरिरहेको रंगशालामा १५ हजार दर्शक उपस्थित थिए । केही समर्थकले मैदानमै गएर नेइमारलाई अङ्गालो मारेर लडाएपछि सुरक्षाकर्मीले उनीहरुलाई छुट्याउन खोजेका थिए ।
विश्व फुटबलप्रेमीहरुमाझ प्रिय नेइमार ब्राजिल फुटबल समर्थकमाझ अझै प्रिय छन् । उनका हरेक क्रियाकलाप समर्थकहरुले पछ्याइरहेका हुन्छन् । विश्वकप छनौट अन्तर्गत शुक्रबार बिहान भएको इक्वेडरविरुद्धको खेलमा नेइमारले एक गोल गरेका थिए । विश्वकप छनौट अन्तर्गत नै बुधबार बिहान ब्राजिलले कोलम्बियासँग खेल्नेछ ।
३ चैत,काठमाडौँ । जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३
२ चैत,काठमाडौं।नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा
२ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।
२५ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी
१४ फागुन , काठमाडौँ । आज नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतको
११ फागुन, काठमाडौं । प्रथम केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आजदेखि सुरु हुँदै छ