September 5, 2016

अव स्थानीय तहको निर्वाचन : प्रधानमन्त्री

download२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अव स्थानीय तहको  निर्वाचन हुने वताएका छन् ।  दाहालले अब हुने निर्वाचन स्थानीय निकायको नभई नयाँ संविधानले व्यवस्था गरेको स्थानीय तहको हुने बताएका हुन । सरकार जसरी पनि फागुन–चैत भित्र स्थानीय तहको निर्वाचन गर्न लागिपरेको दाहालले वताए । ‘संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो’, विकास समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भने,‘संविधान कार्यान्वयनको लागि जसरी पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।’ उनले संविधान कार्यान्वयनपछि भूकम्प पीडितलाई राहत र राष्ट्रिय गौरवको आयोजना अघि बढाउनु सरकारको प्राथमिकता रहेको समेत बताएका छन् ।  संविधान कार्यान्वयनमा सवै दलहरु एकजुट भएर अगाडी बढ्नु पर्ने  आवश्यकता रहेकाे वताए । ‘संविधान जारी गर्ने बेलामा जस्तै संविधान कार्यान्वयन गर्ने बेलामा पनि दलहरुबीच ऐक्यावद्धता आवश्यक छ’, उनले भने,‘मधेसी, थारु र जनजातीसहित सबैको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्नुपर्छ ।’

उनले भदौंभित्र आवश्यक कानुन बनाएर असोजभित्र सबै पुनर्संसरचनाको काम सक्ने गरी सरकारले काम गरिरहेको दाबी गरे । उनले यसको लागि स्थानीय निकाय पुनर्संरचना आयोगसँग समन्वय गरी काम भइरहेको बताए । उनले स्थानीय तहको पुनर्संरचना गर्न दलहरुबीच भदौं महिनाभित्रै समझदारी हुनपर्ने आवश्यकता औंल्याए । ‘हामी लोकप्रियताको लागि काम गरिरहेका छैंनौं’, प्रधानमन्त्री दाहालले भने,‘निर्वाचन गरिछाड्छौं ।’ प्रधानमन्त्रीले भूकम्प पीडितलाई राहत वितरण सोचेजस्तो हुन नसकेको बताएका छन्  । हामीले भनेजति रकम दिन सहयाेग दाताले नमानिरहेकाले दाताकाे अनुसार अघि बढ्दा दाताले भनेको मान्नै पर्ने भएपछि  राहत वितरण सोचेजस्तो हुन नसकेको वताएका हुन् ।

उनले भूकम्प पीडितलाई तीन लाख अनुदान र दुई लाख सहुलियत ऋण दिने तयारीमा सरकार रहेको बताए । ‘यति रकम भए भूकम्प प्रतिरोधी घर बन्छ’, दाहालले भने । उनले आफू प्रधानमन्त्री भएकै दिन भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिइसक्न निर्देशन दिएको बताउँदै काम नभए हेलिकप्टरमा पैसा लिएर पीडितसमक्ष सेना र प्रहरी पठाउने समेत प्रधानमन्त्री दाहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

लोकतन्त्रको स्थायित्वका लागि एमाले–काँग्रेसको सहकार्य: महासचिव पोखरेल

साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि