२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अव स्थानीय तहको निर्वाचन हुने वताएका छन् । दाहालले अब हुने निर्वाचन स्थानीय निकायको नभई नयाँ संविधानले व्यवस्था गरेको स्थानीय तहको हुने बताएका हुन । सरकार जसरी पनि फागुन–चैत भित्र स्थानीय तहको निर्वाचन गर्न लागिपरेको दाहालले वताए । ‘संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो’, विकास समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भने,‘संविधान कार्यान्वयनको लागि जसरी पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।’ उनले संविधान कार्यान्वयनपछि भूकम्प पीडितलाई राहत र राष्ट्रिय गौरवको आयोजना अघि बढाउनु सरकारको प्राथमिकता रहेको समेत बताएका छन् । संविधान कार्यान्वयनमा सवै दलहरु एकजुट भएर अगाडी बढ्नु पर्ने आवश्यकता रहेकाे वताए । ‘संविधान जारी गर्ने बेलामा जस्तै संविधान कार्यान्वयन गर्ने बेलामा पनि दलहरुबीच ऐक्यावद्धता आवश्यक छ’, उनले भने,‘मधेसी, थारु र जनजातीसहित सबैको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्नुपर्छ ।’
उनले भदौंभित्र आवश्यक कानुन बनाएर असोजभित्र सबै पुनर्संसरचनाको काम सक्ने गरी सरकारले काम गरिरहेको दाबी गरे । उनले यसको लागि स्थानीय निकाय पुनर्संरचना आयोगसँग समन्वय गरी काम भइरहेको बताए । उनले स्थानीय तहको पुनर्संरचना गर्न दलहरुबीच भदौं महिनाभित्रै समझदारी हुनपर्ने आवश्यकता औंल्याए । ‘हामी लोकप्रियताको लागि काम गरिरहेका छैंनौं’, प्रधानमन्त्री दाहालले भने,‘निर्वाचन गरिछाड्छौं ।’ प्रधानमन्त्रीले भूकम्प पीडितलाई राहत वितरण सोचेजस्तो हुन नसकेको बताएका छन् । हामीले भनेजति रकम दिन सहयाेग दाताले नमानिरहेकाले दाताकाे अनुसार अघि बढ्दा दाताले भनेको मान्नै पर्ने भएपछि राहत वितरण सोचेजस्तो हुन नसकेको वताएका हुन् ।
उनले भूकम्प पीडितलाई तीन लाख अनुदान र दुई लाख सहुलियत ऋण दिने तयारीमा सरकार रहेको बताए । ‘यति रकम भए भूकम्प प्रतिरोधी घर बन्छ’, दाहालले भने । उनले आफू प्रधानमन्त्री भएकै दिन भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिइसक्न निर्देशन दिएको बताउँदै काम नभए हेलिकप्टरमा पैसा लिएर पीडितसमक्ष सेना र प्रहरी पठाउने समेत प्रधानमन्त्री दाहालले बताए ।
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न
काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै
वैशाख ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई