१९ भदौ, जाजरकोट । तीज मजाउन मार्इत गएकी छाेरीकाे अागाेमा जलेर मृत्यू भएकाे छ । जाजरकोटमा सदरमुकाम खलंगाको बसपार्कस्थित एक होटलमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको हाे । साेही आगोमा जलेर अन्य चार जना भने घाइते भएका छन् । जाजरकोटकाे संगीता होटलमा आगलागी हुँदा मानसिंह खत्रीकी छोरी संगीताको मृत्यु भएको हो । नायकवाडा २ कि १९ वर्षीया संगीता तीज मनाउन माइत आएकी थिइन् ।
आगोमा जलेर मानसिंह खत्रीसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा भेरीमालिका ४ का १८ वर्षीय गोकर्ण चन्द, कार्कीगाउँ ६ का ४३ वर्षीय मानसिंह खत्री,भेरीमालिका ४ का २३ वर्षीय प्रेम राना र सल्यान डाडागाउँ ६ घर भई प्रहरी चौकी गर्खाकोटमा कार्यरत प्रहरी जवान ३० वर्षीय रमेश चन्द रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु आगो निभाउने क्रममा घाइते भएका हुन् । घाइते चारैजनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेकाले जिल्ला बाहिर लैजान आफन्तहरुले माग गरेका छन् । आगलागीको कारण एकिन हुन नसकेको जाजरकोट प्रहरीले जनाएको छ ।
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न