September 3, 2016

७० भन्दा बढीलाई उपत्यकामा दिनहु कुकुरले टोक्छन्

download१८  भदौ, काठमाडौं ।  टेकुसिथत शुक्रराज सरूवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक सय जनाभन्दा बढी कुकुरले टोकेका पीडित उपचारका लागि आउने गरेका छन् ।तीमध्ये भुस्याहा कुकुरले टोकेका ७० भन्दा बढीले एन्टिरेबिज भ्याक्सिन लगाउने गरेका छन्। अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो चार महिनामा आठ हजार दुई सय २८ जनाले एन्टिरेबिज भ्याक्सिन लगाएका छन्।

साउन महिनामा एक हजार नौ सय ३१ जनाले सो भ्याक्सिन लगाएको अस्पतालले जनाएको छ। कुकुरको टोकाइकै कारण पाँच वर्षमा ९३ हजार ६ सय ७५ जना पीडित भएको अस्पतालको तथ्यांक छ । काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा २२ हजारभन्दा बढी भुस्याहा कुकुर रहेका छन् । भुस्याहा कुकुरको संख्या बढ्न नदिन महानगरले भ्यासेक्टोमी र बन्ध्याकरण अभियान सुरु गरेको स्वास्थ्य विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने