१७ भदाै, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यालय समयमा सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै तत्काल छानबिन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार कार्यालय समयमा कर्मचारीले तास खेल्दै गरेकाे समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालले संलग्नलाई कारबाही गर्न समेत निर्देशन दिएका हुन् ।
विज्ञप्तिमा तत्काल छानबिन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गर्न भनिएकाे छ । विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य यस कार्यालयमा नभएको र यस विषयमा सत्य तथ्य बुझी कार्यालयभित्र अनुशासन आचरण विपरित कार्यमा संलग्न भएका कर्मचारीलाई कानुन बमोजिम कारबाही गरी सोको जानकारी दिन सम्बन्धित मन्त्रालयलाई दिर्नेशन दिइएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू १० बजे नै सिंहदरबार पुगेर जनताको काम काम गर्ने बताउदै सबै कर्मचारीलाई समयमा उपस्थित भएर जनतको काम गर्न र कुनै पनि गलत काम नगर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक
काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा