भारतमा ज्यान गुमाउने एकै परिवारका ६ जना

21c48ab0d4ad3fbf2c76b128731b8cdf१४ भदाै रोल्पा । भारतकाे सिमलामा एक साताअघि  हिम पहिरोमा ज्यान गुमाएका एकै परिवारका ६ नेपालीको सनाखत भएको छ ।

ज्यान जानेहरुमा रोल्पाको तालाबाङ–४ रिजाबाङका ४५ बर्षीय  लक्षीराम पुनमगर, उनकी पत्नी ४२ वर्षीया देउकली पुन, ११ वर्षीय छोरा पर्शु पुन, ६ वर्षीय छोरा सुरज पुन, ७ वर्षीया छोरी सुनिता पुन र ४ वर्षीय छोरा कर्णबहादुर पुन रहेको पत्ता लागेको हो ।

उनीहरु १५ वर्ष अघिदेखि भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लानजिकै रामपुर गाउँमा आलु खेती गरेर बस्दै आएका उनका छिमेकी बीरबहादुर घर्तीले जानकारी दिए । केहि दिनअघि भारतबाट दाङमा रहेका आफन्तलाई उनीहरुको ज्यान गएको फान आएपछि घटना थाहा भएको घर्तीले बताए ।

करिब १५÷१६ वर्षअघि बिहे गरेर परिवारै उतै बस्दै आएका घर्ती परिवारका सन्तानमा उनी एक्ला छोरा रहेको छिमेकी घर्तीले जानकारी दिए । उनका कान्छा बुवाका छोराहरु पनि दाङमा बस्दै आएको गाउँलेहरुले बताएका छन् । गरिबीका कारण रोल्पाका विभिन्न गाउँबाट मानिसहरु भारतको हिमाञ्चलमा आलु तथा स्याउँ बोक्न जाने गर्दछन् ।

लामो समय भारतको हिमाचलमा बसेर फर्केका इरिबाङका केबी थापाका अनुसार स्याउ बोक्न, तरकारी लगाउन र भारी बोक्न लगायतका काममा रोल्पाका हजारौं मानिस त्यहाँ जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने