August 28, 2016

कमजोर सडक, चालकको लापरबाहीका कारण कोसी पहाडी क्षेत्रमा वढि दुर्घटना

Image title१२ , तेह्रथुम । सडकको दुरावस्था र चालकको लापरबाहीले कोसी पहाडी क्षेत्रमा सवारी दुघर्टना बढी हुने गरेको छ । कच्ची साँधुरो भएकाले सवारी चलाउदा चालकले अप्नाउनु पर्ने सवाधानी नअप्नाउदा धेरै दुघर्टना भएको तथ्यहरुले देखाएको छ । कोसी पहाडी जिल्लामा हाईवे र भित्री सडक गरी करीव दुईसय किलोमिटर सडक कालोपत्रे गरिएको छ । ती सडकहरु समेत ठाउँठाउँमा भत्किएका छन् । सडकको विचमा ठुलाठुला खाल्डो परेकाले सवारी साधानले क्लज तानेर एक्कासी बे्रक लगाउनु पर्छ । जस्को कारण कहिलेकाही सवारी साधान अनियन्त्रित हुन्छ ।

अनुभव नभएको चालक छ भने दुघर्टना हुने गरेको यातायात मजदुरदे बताउने गरेका छन  । पहाडी सडकमा अप्ठयरो धुम्ती, चिप्लो सडक, हुस्सु, सडक मिचेर राखिएका निर्माण सामग्री  र काठपात पनि दुघर्टनाको कारण हुन् । ट्राफिक प्रहरीको ब्यबस्था भएपनि पहाडी रुटमा क्षमता भन्दा बढी यात्रु राख्ने, टाफिक नियम पालना नगर्ने समस्या पनि बढी रहेको छ ।

भौगोलिक विकटता र थोरै संख्यामा हुने ट्राफिक प्रहरीले सवैतिर निगारानी गर्न सकेको छैन । त्यही कारण सवारी चालकलाई कार्वाही गर्ने क्रम पनि बढेको छ । गएको आर्थिक बर्षमा मात्रै कोसी पहाडको तेह्रथुम धनकुटा, भोजपुर, र संखुवासभा जिल्लामा १४ हजार ५७८ वटा सवारी कार्वाही  भएका छन् ।   यो कार्वाहीबाट ७२ लाख ७० हजार ९५० रुपैयाँ राजस्व संकलन भएको छ । ६६ वटा दुघर्टना भएका छन् । १४ जनाले ज्यान गुमाएका छन् भने ११४ जना घाईते भएका छन् ।

 ट्राफिक प्रहरीले नियमित चेकजाँच र नियम उल्लंघन गर्नेलाई कार्वाही गरेपनि सुधार हुन सकेको छैन । यातायात ब्यबसायीलाई गाडीको ईन्जिन नियमित मर्मत गर्न, चालकलाई ट्राफिक नियम पालना गर्न पटकपटक अनुरोध गरे पनि परिवर्तन नदेखिएको ट्राफिक प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने