११ प्यूठान । भत्ता नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई निर्घात कुटपिट गरेका छन् । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका हुन ।
प्यूठानको खवाङ ६ मा सोही वडाका संयोजक उदवीर बुढाले गाविसका सामाजिक परिचालक अमृत खत्रीलाई निर्घात कुटपिट गरेका हुन् । भत्ताको कुरालाई लिएर भएको कुटपिटपछि सामाजिक परिचालक खत्री उपचारसँगै सुरक्षाको माग गर्दै इप्रका बहानेमा पुगेका छन् । वडा नागरिक मञ्चको पुनः गठनका लागि शुक्रवार भएको संयुक्त भेलामै संयोजक बुढाले सो भत्ता आफूलाई नदिएको भन्दै खत्रीलाई कुटपिट गरेका हुन्। नागरिक मञ्चका संयोजकबाटै सामाजिक परिचालक कुटपिट भएपछि गाविसका अन्य कर्मचारिले पनि आफूहरुले गाविसमा बसेर काम गर्न नसक्ने भन्दै सुरक्षाको माग गरेका छन् ।
वडा नागरिक मञ्चका संयोजकले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपी अन्तर्गत जिविसले प्रतिवडा रु छ हजारका दरले दिएको भत्ता सामाजिक परिचालकले आफैं राख्ने गरेको आरोप समेत लगाएका छन् । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपी अन्तर्गत जिविसले सबै गाविसमा प्रतिवडा रु छ हजारका दरले वडा नागरिक मञ्च व्यवस्थापनका लागि भत्ता दिँदै आएको छ । सो जिविसले दिने भत्ता संयोजकका लागि नभइ बैठक व्यवस्थापन, खाजाका र फोटोकपीको लागि खर्च गर्न भनिएको थियो ।
बैशाख १, २०८३, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्र समेट्दै
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई
चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त