August 27, 2016

सामाजिक परिचालक माथि निर्घात कुटपिट

images (1)११ प्यूठान । भत्ता नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई निर्घात कुटपिट गरेका छन् । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका हुन ।

प्यूठानको खवाङ ६ मा सोही वडाका संयोजक उदवीर बुढाले गाविसका सामाजिक परिचालक अमृत खत्रीलाई निर्घात कुटपिट गरेका हुन् । भत्ताको कुरालाई लिएर भएको कुटपिटपछि सामाजिक परिचालक खत्री उपचारसँगै सुरक्षाको माग गर्दै इप्रका बहानेमा पुगेका छन् । वडा नागरिक मञ्चको पुनः गठनका लागि शुक्रवार भएको संयुक्त भेलामै संयोजक बुढाले सो भत्ता आफूलाई नदिएको भन्दै खत्रीलाई कुटपिट गरेका हुन्। नागरिक मञ्चका संयोजकबाटै सामाजिक परिचालक कुटपिट भएपछि गाविसका अन्य कर्मचारिले पनि आफूहरुले गाविसमा बसेर काम गर्न नसक्ने भन्दै सुरक्षाको माग गरेका छन् ।

वडा नागरिक मञ्चका संयोजकले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपी अन्तर्गत जिविसले प्रतिवडा रु छ हजारका दरले दिएको भत्ता सामाजिक परिचालकले आफैं राख्ने गरेको आरोप समेत लगाएका छन् । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपी अन्तर्गत जिविसले सबै गाविसमा प्रतिवडा रु छ हजारका दरले वडा नागरिक मञ्च व्यवस्थापनका लागि भत्ता दिँदै आएको छ । सो जिविसले दिने भत्ता संयोजकका लागि नभइ बैठक व्यवस्थापन, खाजाका र फोटोकपीको लागि खर्च गर्न भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।