काठमाडौं– प्रधानमन्त्रीमा चयन भएपछिको पार्टी केन्द्रीय कार्यालय बैठकमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टी नेताहरुसँग एउटा अनौठो तर रहस्यपूर्ण प्रसंग सुनाए ।
प्रचण्डले त्यस दिन भनेका प्रसंग उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘एमालेसँग गठबन्धन भत्किने करिब–करिब निश्चित भएको थियो । यही विषयमा कुरा गर्न ओलीलाई भेट्न म बालुवाटार गएको थिएँ । त्यहाँ ओलीसँग कुरा भयो ।
ओलीले अर्को कोठामा तपाईंकै नेता सरकार बचाउने भनेर कुरा गर्न आउनुभएको छ भने । म झसंग भएँ । कोही मन्त्री हुन् कि जस्तो पनि लाग्यो । फेरि को आउनुभा’छ र भनेर सोधें ? ओलीले अर्को कोठामा एक्लै बस्नुभएको छ, प्रकाशजी हो के भने । एमालेबाट धोका भएपछि म नयाँ गठबन्धनका लागि दौडधुपमा थिएँ । प्रकाशजी त मलाई प्रधानमन्त्री बन्न नदिन ओली सरकारकै बचाउमा लाग्नुभएको रहेछ ।’
प्रचण्डको त्यो कुरा सुनेर धेरै नेताले जिब्रो टोके । प्रचण्डले यो नभन्न पनि सक्थे । तर, किन ३०/३५ जना नेताबीचमा यस्तो कुरा सुनाए ? प्रधानमन्त्री चयनपछि आफ्नो समूहका नेतालाई शिक्षामन्त्री बनाउन नारायणकाजीले सबै उपाय खोजेपछि प्रचण्डले यो प्रसंग कोट्याएका थिए । तर, प्रचण्डले त्यो कुरा सुनाउँदा नारायणकाजी मोबाइल खेलाएर बसे । केही बोलेनन् ।
त्यसो त नेता नारायणकाजीले सार्वजनिक रुपमै आफ्ना मत ओली सरकारको निरन्तरताको पक्षमा राख्दै आएका थिए । तर, अन्तिम समयमा प्रचण्डले नै कदम चालेपछि उनी पछाडि हट्न बाध्य भए । ओली सरकारलाई हटाउने माओवादीको पहिलो प्रयासमा पनि उनले असहमति राखेका थिए । ‘प्रकाशजी नयाँ गठबन्धनको पक्षमा उभिनुभएन,’ माओवादी केन्द्रका एक नेताले सुनाए ।
‘आफैं गठबन्धन बन्न नदिन दौडधुप गर्ने र अहिले सरकार सञ्चालन समिति संयोजक हुने ? यो कुन नैतिकताले दिन्छ ?’ माओवादीका धेरै नेता–कार्यकर्ताको मनमा बिझेको बताउँछन् ।
प्रचण्डले यस्तो प्रसंग सुनाएको केही दिनमै नारायणकाजी श्रेष्ठले सरकार सञ्चालन सहयोग समितिको जिम्मा लिएका छन् । माओवादी स्रोतका अनुसार उनले आफैंले यस्तो समिति बनाउन प्रचण्डसँग माग गरेका थिए । माओवादीको भदौ ४ मा बसेको बैठकले उनकोे नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति गठन गरेको थियो । माओवादीभित्र यसलाई उनको अनैतिक कदमका रुपमा हेरे । ‘आफैं गठबन्धन बन्न नदिन दौडधुप गर्ने र अहिले सरकार सञ्चालन समिति संयोजक हुने ? यो कुन नैतिकताले दिन्छ ?’ माओवादीका धेरै नेता–कार्यकर्ताको मनमा बिझेको बताउँछन् ।
मन्त्रिपरिषद् विस्तारमा उनले आफ्नो समूहबाट शिक्षामन्त्री बनाउन प्रचण्डलाई दबाब नै दिएका छन् । काँग्रेससँगको सहमति नटुंगिएका कारण नारायणकाजी समूहबाट मन्त्री बनेको डीआर पौडेलले मन्त्री भएको दुई साता बित्दा पनि विभाग पाएका छैनन् । साउन ३० मा तेस्रोपटक मन्त्री हुँदा माओवादीबाट जनार्दन शर्मा ऊर्जा, हितराज पाण्डे स्थानीय विकास, राम कार्की सञ्चार र अजयशंकर नायक कानुनमन्त्री भएका थिए । तर, शिक्षामै दाबी गरेपछि डीआर पौडेल भने विनाविभागीय मन्त्री बनेका छन् ।
१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ
१० चैत,काठमाडौँ । जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको
९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका
८ चैत,चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।
६ चैत,काठमाडौं । चैत १० गतेदेखि १२ गतेसम्म तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना