August 20, 2016

किरात राई यायोक्खाको प्रतिमा सार्वजनिक

काठमाडौं ।  किरात राई यायोक्खाको प्रतिमा सार्वजनिक गरिएको छ । यायोक्खा बाइस भाषी किरातहरुको साझा संस्था हो ।
शनिबार राजधानीको संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममाझ सो प्रतिमा (स्केच) सार्वजनिक गरिएको हो ।

प्रतिमाले आदिम किरात पूर्खाको झलक दिने विश्वास किरात अगुवाहरुले गरेका छन् । अगुवा ज्ञानबहादुर राईको संयोजकत्वमा गठित आठ सदस्यीय प्रतिमा स्थापना समितिले लामो समयको अध्यायन र अनुसन्धानबाट बनाएको हो ।
‘यो प्रतिमाले किरात समुदायको आदिमकालीन पहिचान र इतिहास बोकेको छ’ तुवाचुङ जयाजुङ संरक्षण समितिका अध्यक्ष चतुर्भक्त राईले भने ।

प्रतिमाको पूर्ण कद खोटाङको महादेवस्थान–२स्थित तुवाचुङ जयाजुङ डाँडामा निर्माण गरिने प्रतिमा स्थापना समितिका सचिव एवं किरात राई यायोक्खाका उपमहासचिव जनक राईले जानकारी दिए ।

कार्यक्रममा किरात राई यायोक्खा पूर्वाध्यक्ष सुमाया राईले प्रतिमा सार्वजनिकबाट किरात राईको इतिहासको उजागर भएको बताइन् ।
त्यस्तै यायोक्खाकै अर्का पूर्वाध्यक्ष कुलबहादुर राईले लामो समय लगाएर भएपछि प्रतिमाको वृत्तचित्र बनाएर किरातहरुले आप्mनो पहिचान दिन सफल भएको बताए । यसैमा सम्पूर्ण किरात भाषीहरु गोलबन्द हुनुपर्छ’ उनले भने ‘सबैजना एकजुट भएर पूर्खा र इतिहासको संरक्षण गर्नु किरात समुदायको प्रमुख कर्तव्य हो ।’

कार्यक्रमका प्रमुख अतिथि एवं किरात राई यायोक्खाका उपाध्यक्ष दीवस राईले किरात समूदायको धर्म र संस्कृतिको संरक्षणका लागि राज्यले बेवास्ता गर्दै आइरहेको बताए । संरक्षणमा सरकारले हेला गरेको छ’ उपाध्यक्ष राइले भने । राज्यले किरात धर्म र संस्कृत संरक्षणमा ठोस रुपमा बजेट छुट्याउनुपर्नेमा उनले जोड दिए । ‘अहिलेसम्म आफ्नै समुदायकै बलबुतामा धर्म, संस्कृतिको संरक्षण गर्दै आएका छौं । अब राज्यले यसमा बजेट छुट्याउनुपर्छ’ उनले भने ।

कार्यक्रममा राज्य पुनरसंरचना आयोगको ५६५ स्थानीय निकाय गठनको प्रस्तावमा किरात समुदायको कुनै पहिचान झल्कने नामाकरण नरहेको भन्दै वक्ता एवं किरात अगुवाहरुले आपत्ति जनाए । कार्यक्रममा किरात प्रतिमा अंकित टिसर्ट पनि सार्वजनिक गरिएको थियो ।
सार्वजनिक प्रतिमा स्केच इतिहासविद्को सल्लाहसुझाव र प्राप्त तथ्यहरुमा आधारित किरात राई प्राज्ञ परिषद्को तर्फबाट अर्जुन खालिङले गरेका हुन् ।
कार्यक्रममा शान्तिकुमारी राई, प्रमिला राई, धिराज राई, प्रविन पुमा, हरि के सम्पाङ, चन्द्रविक्रम राई, मोनिकुमार राई, जानुका राई, नारदमुनि हरतुम्छाली, शान्तिराम राईलगायतको अथितिको रुपमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा