काठमाडौं, फागुन ११ ।
केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने प्रवृत्तिप्रति टिप्पणी गरेका छन्। सोमबार झापाको दमकमा आयोजित सभालाई सम्बोधन गर्दै केपी शर्मा ओलीले बालेन शाहलाई लक्षित गर्दै ख्यालख्यालमै प्रधानमन्त्री घोषणा गर्ने शैलीप्रति कटाक्ष गरेका हुन्। उनले भने, “कुनै बच्चालाई सोध्यो भने उसले प्रधानमन्त्री बन्छु पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ। तर त्यसो भन्दैमा ऊ तत्कालै प्रधानमन्त्री वा राष्ट्रपति भइहाल्दैन। घोषणा गर्दैमा पद प्राप्त हुँदैन।”
ओलीले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्पष्ट नीति, कार्यक्रम र लक्ष्यसहित जनतामाझ आएको दाबी गरे। उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यसहित एमाले अघि बढिरहेको उल्लेख गरे।उनले एमाले विकासको पक्षमा दृढ रहेको पनि बताए। सरकारमा एमाले रहे विकासका कामले गति लिने र बाहिरिएपछि विकास निर्माणका गतिविधि प्रभावित हुने दाबी गर्दै उनले भने, “एमाले सरकारबाट बाहिरिनेबित्तिकै विकास निर्माणका काम ठप्प हुने गरेका छन्। मलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडी जस्तै हुन्छ, र सरकारमा फर्किएपछि मात्रै गति लिन्छ।”
ओलीको यस अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउने अनुमान गरिएको छ।
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली
फागुन १,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्रभित्र आफ्नो आवाज सुन्ने