झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झापा केन्द्रित घोषणापत्र सार्वजनिक गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा KP Sharma Oli विरुद्ध प्रतिस्पर्धामा रहेका शाहले संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सार्वजनिक घोषणापत्रमा उनले संविधानको परिपालना गर्दै संविधानले निर्दिष्ट गरेका दायित्व निष्ठापूर्वक सम्पन्न गर्ने, कार्यान्वयनमा रहेका कानुनलाई थप स्पष्ट, सहज र नागरिकमैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि पहल गर्ने उल्लेख गरेका छन्।

संघीय सांसदको हैसियतले बेथिति र भ्रष्टाचारविरुद्ध संसदको अग्रपंक्तिमा उभिने प्रतिबद्धता जनाउँदै शाहले राष्ट्रिय नीति तथा बजेट निर्माणका क्रममा झापा–५ का विकास मुद्दा सशक्त रूपमा उठाउने बताएका छन्। सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका योजनाको प्रभावकारी अनुगमन गर्ने र स्थानीय जनताको आवाज संसदमा निरन्तर उठाउने उनको भनाइ छ।

शाहले नेपाल सरकार र जेनजीबीच भएका सम्झौताहरूको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। साथै स्थानीय तथा प्रदेश सरकारका योजनाहरू संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्ने उल्लेख गरेका छन्।

घोषणापत्रमा गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत अधिकार व्यवहारमा कार्यान्वयन गर्न आवश्यक कानुनी र बजेटीय व्यवस्था सुनिश्चित गर्ने प्रतिवद्धता जनाइएको छ। राष्ट्रहितविपरीत कुनै सम्झौता नगर्ने, सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउने तथा विकाससँगै प्रकृति संरक्षणमा ध्यान दिने पनि उनले बताएका छन्।

निर्वाचन क्षेत्रसँग प्रत्यक्ष समन्वयका लागि झापा–५ मा व्यवस्थित संसदीय सचिवालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै शाहले राजनीतिलाई पेशा होइन, सेवा बनाउने संकल्प दोहोर्‍याएका छन्। स्थानीय र प्रदेश सरकारको संवैधानिक अधिकार प्रत्यायोजन सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने उल्लेख गरिएको छ।

शिक्षामा जोड

शाहले शिक्षालाई प्राथमिकतामा राख्दै विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने बताएका छन्। काठमाडौं महानगरमा लागू गरिएको सीपमूलक शिक्षा कार्यक्रमको नमूना झापामा पनि कार्यान्वयन गरी विद्यार्थीहरूको वैदेशिक पलायन न्यूनीकरण गर्ने योजना रहेको उल्लेख छ।

गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन–अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गर्ने, कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गरी कमल (लखनपुर)स्थित प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गर्ने योजना घोषणापत्रमा समेटिएको छ। दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने तथा विद्यालय छाड्ने दर शून्यमा झार्ने लक्ष्य राखिएको छ।

पूर्वाधार, कृषि र स्वास्थ्य

घोषणापत्रअनुसार विराट बुद्ध पार्कको निर्माण सम्पन्न गर्ने, दमक सभागृह र भ्यूटावरलगायतका आयोजना उच्चतम नागरिक उपयोगितासहित सञ्चालनमा ल्याउने योजना छ। रतुवा, मावा तथा सहायक खोलाहरूमा तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गर्ने उल्लेख गरिएको छ।

दमकलाई पूर्वी नेपालको “आईटी हब” का रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने, कन्काई–रतुवा सिँचाइ आयोजना विस्तार गर्ने तथा लिफ्ट सिँचाइ प्रविधि प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाउने योजना समावेश गरिएको छ।

प्रत्येक पालिकामा ‘श्रम बैंक’ अवधारणा लागू गर्ने, गौरादहमा कृषि भण्डारण केन्द्र स्थापना गर्ने र गौरादह कृषि क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी बनाउने योजना छ।

स्वास्थ्यतर्फ दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयामा स्तरोन्नति गर्ने तथा ग्रामीण र सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने योजना घोषणापत्रमा उल्लेख छ। साथै दमक गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी खेलकुद, पर्यटन र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

शाहले घोषणापत्रमार्फत मतदाताको विश्वासलाई काममा रुपान्तरण गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आफ्नो राजनीति सेवा, इमानदारी र परिणाममुखी कार्यसम्पादनमा आधारित हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली