हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। बुधबार झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन तोकिएको मितिमै एकै चरणमा हुनुपर्ने बताए।

अध्यक्ष ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका पार्टी कार्यकर्तालाई समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा फर्कन निर्देशन दिएका छन्। निर्वाचनको माहोल बनाउँदै पार्टीको पक्षमा जनमत सिर्जना गर्न, आफन्त र साथीभाइसँग भेटघाट गर्न तथा पार्टी र नेतृत्वविरुद्ध फैलाइएका भ्रम चिर्न आग्रह गरे।

प्रधानमन्त्रीको उम्मेदवार भन्दै अनुभव नभएका व्यक्तिहरूले प्रचार गरिरहेको प्रसंगमा व्यंग्य गर्दै ओलीले देश चलाउने सोच, अनुभव र क्षमताविना नेतृत्व सम्भव नहुने बताए। उनले जहाजको उदाहरण दिँदै यात्रुले पाइलट बन्न खोजे जस्तै अनुभवहीन व्यक्तिले देशको नेतृत्व दाबी गर्नु जोखिमपूर्ण हुने टिप्पणी गरे।

निर्वाचन निष्पक्ष, धाँधलीरहित र भय–त्रास तथा प्रलोभनविनाको वातावरणमा हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले मतपेटिका सुरक्षामा पार्टी प्रतिनिधिहरू सधैं सजग रहनुपर्ने बताए। एमालेले निर्वाचन शानदार रूपमा जित्ने दाबी गर्दै उनले कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचार–प्रसारमा जुट्न निर्देशन दिए।

कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नि खरेललगायत नेताहरूले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

माओवादी १२० सिटबाट खुम्चिएर २–३ सिटमा सीमित भयो, अहिले पार्टी नै रहेन : जनार्दन शर्मा

फागुन १,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्रभित्र आफ्नो आवाज सुन्ने

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक