कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि कांग्रेस औपचारिक रूपमा विभाजित देखिएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ अनुसार एउटै दलका दुई वा दुईभन्दा बढी पक्षबीच विवाद उत्पन्न भएमा त्यसको निरुपण निर्वाचन आयोगले गर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार दुवै पक्षले आफू नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आयोगमा कागजात पेस गरेका छन्।

गगन थापा नेतृत्वको कांग्रेसले विधानअनुसार विशेष महाधिवेशन आयोजना गरी नेतृत्व परिवर्तन भएको भन्दै आफूहरू नै आधिकारिक पार्टी भएको दाबी गरेको छ। यता, शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले विशेष महाधिवेशनलाई अवैधानिक र ‘हल्ला मात्रै’ भएको दाबी गर्दै आफूहरू नै सक्कली कांग्रेस भएको निवेदन आयोगमा दर्ता गराएको छ।

देउवा पक्षले विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गरेपछि थापा पक्षका महामन्त्री गुरुराज घिमिरेले त्यसप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको टोलीले आयोगमा उठाएका विषयहरूप्रति आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र सार्वजनिक गरेका हुन्।

घिमिरेले विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमिति गठन भइसकेको र आवश्यक सम्पूर्ण दस्तावेज आयोगमा बुझाइसकिएको अवस्थामा केही महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको विषयलाई आधार बनाएर प्रश्न उठाउनु तर्कहीन रहेको बताएका छन्। उनले महाधिवेशन प्रतिनिधिहरू सहभागी भई मतदान वा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेपछि पुनः विवाद उठाउनु ‘राजनीतिक प्रपोगान्डा’ मात्र भएको आरोप लगाए।

उनले तत्कालीन केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागलाई तीन महिनासम्म छलफलमै नल्याएको, नियमित महाधिवेशनको कार्यतालिका पालना नगरेको, क्रियाशील सदस्यता नवीकरण तथा वितरण नगरी वडा अधिवेशन रोकिएको आरोप पनि लगाए। तत्कालीन कार्यसम्पादन समितिले विशेष महाधिवेशन औचित्यहीन भन्दै निर्णय गरेपछि चार महिनापछि नियमित महाधिवेशनको मिति तोक्नु विधिसम्मत नभएको उनको दाबी छ।

घिमिरेका अनुसार विशेष महाधिवेशन मागपत्रमा हस्ताक्षर गरेका प्रतिनिधिमध्ये केवल २९ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको अभिलेख सचिवालयमा रहेको छ। उनले ४६३५ महाधिवेशन सदस्य मध्ये २४८८ जनाले विशेष महाधिवेशनको माग गरेको र महाधिवेशनमा २६५२ जना अर्थात् ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी भएको जानकारी गराए।

यसैबीच, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ। आयोगले शुक्रबार दिउँसो २ बजे चुनाव चिह्नलगायतका विषयमा छलफल गर्न सभापति थापासहित सबै केन्द्रीय सदस्यलाई बोलाएको दोस्रो विशेष महाधिवेशन जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यले जानकारी दिए।

यसअघि थापासहितको टोलीले विशेष महाधिवेशनबाट नेतृत्व र नीति परिवर्तन भएको विवरण आयोगमा बुझाएको थियो। यता, शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको टोलीले भने थापा सभापति रहेको भनिएको कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै आयोगमा आपत्ति दर्ता गराएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

विशेष महाधिवेशनमा गोपालमान श्रेष्ठको आग्रह : पार्टी नेतृत्वमा युवालाई अघि सार्नुपर्छ

पुस २७,काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण