पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार विभिन्न समूह र क्लस्टरमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिला केन्द्रीय सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था रहेकामा तीनै जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् ।
यस्तै, मधेशी क्लस्टरतर्फ युवामा अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी समूहअन्तर्गत मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, श्रमिक महिलातर्फबाट कमला तामाङ, सिता लामा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास (दक्षिण एसिया) तर्फ हरिप्रसाद घिमिरे तथा ४० वर्षमुनिका युवातर्फ नरेश रोकाया र सुशीलकुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन् ।
यसैबीच, पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्राडा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरेको एकल उम्मेदवारी परेपछि उनीहरू पनि निर्विरोध निर्वाचित भएका छन् । अनुशासन आयोगका २२ सदस्यका लागि भने ३२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध निर्वाचित भएका छन् । यद्यपि, निर्वाचन आयोगले उनीहरूको औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा