श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने नाममा गरेका विविध व्यथितिलाई औंल्याउदै तत्काल त्यस्ता श्रमिक विरोधि गतिविधि रोक्न श्रममन्त्री मार्पmत प्रधानमन्त्रीको ध्यानकर्षण गरेको छ । आइतबार जिफन्ट केन्द्रीय कार्यलय पुतलीसडक मनमोहन भवनमा पत्रकार सम्मेलन गर्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुबाट अभिमुखीकरणको नाममा शुल्क बृद्धि गरेको,गुपचुप तरिकाबाट श्रमिकलाई अहित हुने कार्यविधि संशोधन गर्ने तयारी गरेको, म्यानपावर कम्पनीसँग साँठगाँठ गरी श्रमिक विरोधी गतिविधिमा श्रम मन्त्रालयका सचिव र मन्त्री लागि परेको आरोप लगाएका छन् । वेदेशिक रोजगार बोर्डले मलेशियामा रहेका नेपाली श्रमिकका हित र सुरक्षाको नाममा गैरकानुनीरुपमा प्रत्येक श्रमिकबाट ४५ डलर उठाउने सम्झौता घातक रहेको छ र त्यो कुरामा प्रधानमन्त्री पुष्पकमल दाहालले समेत लाजछोप्नका लागि तत्काल त्यो सम्झौता कार्यान्वयन नगर्नु मात्र भन्न सकेका तर खारेज गर्न आदेश दिन भने सकेका छैनन, जसका कारण यो सरकार कस्को इशारामा चल्दैछ र आप्mना श्रमिक विरुद्ध लागि परेको छ भन्ने प्रश्न सरकार समक्ष सोझिएको कुरा जिफन्टले जनाएको छ । जिफन्टले दशदलिय गठबन्धन सरकारको श्रमिक विरुद्धका गनिविधिप्रति औंल्याउदै भनेको छ कि मध्यपूर्व लागयतका देशहरुमा जाने श्रमिकहरुले अंग्रेजी भाषा परिक्षा पास गरेको प्रमाणपत्र पेश गर्नुपर्ने नियम ल्याउनु भनेको सरासर दलालहरु मार्फत अंग्रजी परिक्षा पास गरेको भन्ने प्रमाणपत्र विक्रि गर्ने धन्दाको शुरुवात गर्नु हो, यो तत्काल नरोके यस्ता गतिविधिको भण्डाफोर गर्ने जनाएको छ ।

जिफन्टले भनेको छ कि गठबन्धन सरकारले आइएलओले पारित गरेको नियमको पालना गर्न, सर्वोच्च अदालतले मिति २०७५ पुष ८ गते निशुल्का भिषा र टिकट सम्बन्धि सरकारको नाममा जारि गरेको आदेशको पालना गर्न, श्रममन्त्रालय आफैले विगतमा गरेका मजदुरपक्षिय निर्णयको पालना गर्न समेत आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई अनिवार्यरुपमा गरिएको योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सुचिकृत गर्ने प्रकृयालाई प्रभावकारी बनाउन गन्तव्य मुलुकको सामाजिक सुरक्षा प्रणालीमा जोड्नका लागि पहल गर्न र सामाजिक सुरक्षाकोषबाट संचालिन प्रणालीलाई एकिकृतरुपमा संचालन गर्न माग गरेको छ ।

अध्यक्ष श्रेष्ठले युवाहरुलाई विदेश पलायनबाट रोक्न अव वैदेशिक रोजगार प्रर्वधन हैन स्वदेशी रोजगार प्रर्वर्घनको खाँचो भैसकेको र वैदेशिक रोजगार प्रवर्धन वोर्ड खारेज गरी स्वदेशी रोजगार प्रर्वधन मेलाको आयोजना गर्नुपर्नेमा जोड दिनु भएको छ । जिफन्ट अध्यक्ष श्रेष्ठले श्रममन्त्रालय र वेदेशिक रोजगार वोर्डको मजदुर मारा निकृष्ठ कार्यको भत्सर्ना गर्दै तत्काल त्यस्ता कार्य खारेज गर्न सम्बन्धित मन्त्रालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको वताएका छन्र् र त्यस्ता श्रमिक विरोधी कार्य नरोकिय जिफन्टले सरकारको भण्डाफोर र आन्दोलन समेत गर्ने वताएका छन् ।

Final Document for Press Meet abpout Dofe 080 (1)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली

माओवादी १२० सिटबाट खुम्चिएर २–३ सिटमा सीमित भयो, अहिले पार्टी नै रहेन : जनार्दन शर्मा

फागुन १,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्रभित्र आफ्नो आवाज सुन्ने

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र