![]()
श्रावण ३, काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको दिएको ३ दिने अल्टिमेटम सकिएपछि आज काठमण्डौं महानगरपालिकाकों नगरप्रहरीले उक्त सेवासदनका केहि घरहरु भत्तकाएको छ । महानगरपालिकाको अनुसार सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो।
उक्त सेवा सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरेर नगरप्रहरीको सक्रियतामा डोजर लगाई भवनहरु भत्काईएको हो । उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो। त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो। यो आश्रम २०६२ सालमा सञ्चालन गरेको थियो।
भद्रकुमारी घलेले संग्रहालयमा भएको आफनो सामान सुरक्षित साथ घरमा पुयाईदिन आग्रह गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।
उनले भने, ‘उहाँ आमाले नै मलाई फोन गरे मेरो महानगरको अभियानमा समर्थन छ । मेरो सामानहरु सुरक्षित घरमा पुयाईदिनु भन्नुभएको छ । नगरप्रहरीले गाडी बोलाएर संग्रालयको सामान घरमा पुयाईदिन लागेकोछ । ’ सदनमा रहेको अनधिकृत संरचना सबै हट्ने उनले बताए ।
आजदेखि अभियान सुरु भएको उनको भनाइ छ । यहाँ आश्रममा बसेकाहरुलाई मानव सेवा आश्रममा पठाइने छ ।
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको