
जेठ १०,काठमाडौं । नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान नक्कली भएको बताएका छन् । नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलाललाई जर्वजस्ती नक्कली बयान गर्न लगाएर गठे सरकारका तालुकदारहरुले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिव लगायतकाहरुको नाम पोलेर सत्तास्वार्थका लागि लज्जास्पद नौटंकी गरेको बताएका छन्।
एमाले महासचिब पोखरेलले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् “काक्राचोरले काक्रा आफुले खाएर बिया सोझा गाउँले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएकोछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान ।” यो अनुसन्धान सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ ।
यस प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव प्रेमकुमार राई र तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको पनि मुछिएको छ । पुर्वगृहमन्त्री राम बहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईले भने हिरासतमा रहेका शरणार्थी प्रकरणका मुख्य योजनाकार केशब दुलालले अख्तियार प्रमुख प्रेम कुमार राई लगायत बिशिष्ट व्यक्तिहरुमाथि कुनियतका साथ आरोप लगाईएको हो, उहाँहरुको यि योजनाकारहरुसँग कुनै पनि प्रकारको भेट, छलफल तथा संलग्नता भएको भन्ने कुरामा सत्यता छैन भनेर बयान दिएको पाईएको छ ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत