आयल निगममा सिनियर हुँदा हुँदै जुनियर भ्रष्ट’लाई प्रशासनको जिम्मा 

जेष्ठ ७,काठमाडौं।

  नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर विभिन्न निकायको जिम्मेवारी दिन थालेका छन् ।

शक्तिको आडमा निगमको नेतृत्वमा पुगेका थानीले सिनियर तथा ईमान्दार कर्मचारीलाई पन्छाएर भ्रष्ट कर्मचारीलाई खोजी खोजी निगमको महत्वपूर्ण विभागको नेतृत्व हेरफेर गरेका छन् ।
यसअघि विराटनगर कार्यालय प्रमुख रहँदा भ्रष्टाचारको किर्तिमानी नै बनाएका नकुल प्रसाद भण्डारीलाई सरुवा गरेर आन्तरिक नियन्त्रण तथा अनुगमन विभागको जिम्मेवारीमा ल्याइएको छ ।
उनलाई विभिन्न समिति उपसमिति गठन गरि रकम संकलनको उद्देश्यले उक्त विभागको जिम्मेवारी दिएको निगमकै उच्च स्रोतले जानकारी दिएको छ ।

एक वर्षअघि मात्रै आयल निगमको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएका थानीले विक्रेता कमिशन तथा ट्रयांक ट्रक ढुवानी भाडा अत्याधिक बृद्धि गरेर निगमलाई अर्बौं रुपैयाँ आर्थिक भार थपेका छन् । सोही कुकर्मलाई अझै व्यवस्थित बनाउने उद्देश्यले विभिन्न कर्मचारीलाई आफु अनुकुल सरुवा गरिएको छ ।

उक्त विभागमा १० औँ तहको कर्मचारी राखिने भएपनि थानीले भ्रष्ट आचरण भएकै कारण नवौँ तहमा रहेका जुनियर कर्मचारी भण्डारीलाई निगमको मुटु मानिने योजना प्रशासन तथा मानव संशाधन विकास विभाग टेकुमा सरुवा गरिएको छ ।
भण्डारी विराटनगर कार्यालयमा रहँदा निगमको भौतिक पूर्वाधारमा व्यापक सेटिङ गरेर करोडौँ भ्रष्टाचार गरेको आरोप छ । निगमको विराटनगर कार्यालयको गेस्ट रुम सजावटको नाममा भण्डारीले लुट मच्चाएको आरोप छ । त्यस्तै चार कोठाको भवन बनाउँदा आरसिसि ढलान बिना रड राखेर ठेकेदारसँग मिलेमतो गरि भ्रष्टाचार गरेको आरोप छ । त्यतिबेला २ करोड रुपैयाँ खर्च गरिएको भएपनि उक्त खर्च मितव्ययी नभएको आरोप छ । भ्रष्ट आचरण भएका भण्डारीलाई थानीले खरिद कमिटिदेखि विभिन्न समितिमा राखेका थिए । उनी विषय विज्ञका रुपमा भन्दा पनि रकम अशुलीमा माहिर रहेको निगमै सिनियर कर्मचारीहरु बताउँछन् ।

भण्डारी र शरणराज भट्टराईले निगमको विभिन्न डिपोमा गई कार्यालय प्रमुखलाई जानकारी समेत नदिई ट्रयांक ट्रक चेक गर्ने र त्यहाँबाट रकम असुल्ने गरेको स्रोत बताउँछ ।

अचम्म त के छ भने ५ महिना पनि सेवा अवधि नभएका भण्डारीलाई कार्यकारी निर्देशक थानीले मालदार विभागमा पठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा