आयल निगममा सिनियर हुँदा हुँदै जुनियर भ्रष्ट’लाई प्रशासनको जिम्मा 

जेष्ठ ७,काठमाडौं।

  नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर विभिन्न निकायको जिम्मेवारी दिन थालेका छन् ।

शक्तिको आडमा निगमको नेतृत्वमा पुगेका थानीले सिनियर तथा ईमान्दार कर्मचारीलाई पन्छाएर भ्रष्ट कर्मचारीलाई खोजी खोजी निगमको महत्वपूर्ण विभागको नेतृत्व हेरफेर गरेका छन् ।
यसअघि विराटनगर कार्यालय प्रमुख रहँदा भ्रष्टाचारको किर्तिमानी नै बनाएका नकुल प्रसाद भण्डारीलाई सरुवा गरेर आन्तरिक नियन्त्रण तथा अनुगमन विभागको जिम्मेवारीमा ल्याइएको छ ।
उनलाई विभिन्न समिति उपसमिति गठन गरि रकम संकलनको उद्देश्यले उक्त विभागको जिम्मेवारी दिएको निगमकै उच्च स्रोतले जानकारी दिएको छ ।

एक वर्षअघि मात्रै आयल निगमको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएका थानीले विक्रेता कमिशन तथा ट्रयांक ट्रक ढुवानी भाडा अत्याधिक बृद्धि गरेर निगमलाई अर्बौं रुपैयाँ आर्थिक भार थपेका छन् । सोही कुकर्मलाई अझै व्यवस्थित बनाउने उद्देश्यले विभिन्न कर्मचारीलाई आफु अनुकुल सरुवा गरिएको छ ।

उक्त विभागमा १० औँ तहको कर्मचारी राखिने भएपनि थानीले भ्रष्ट आचरण भएकै कारण नवौँ तहमा रहेका जुनियर कर्मचारी भण्डारीलाई निगमको मुटु मानिने योजना प्रशासन तथा मानव संशाधन विकास विभाग टेकुमा सरुवा गरिएको छ ।
भण्डारी विराटनगर कार्यालयमा रहँदा निगमको भौतिक पूर्वाधारमा व्यापक सेटिङ गरेर करोडौँ भ्रष्टाचार गरेको आरोप छ । निगमको विराटनगर कार्यालयको गेस्ट रुम सजावटको नाममा भण्डारीले लुट मच्चाएको आरोप छ । त्यस्तै चार कोठाको भवन बनाउँदा आरसिसि ढलान बिना रड राखेर ठेकेदारसँग मिलेमतो गरि भ्रष्टाचार गरेको आरोप छ । त्यतिबेला २ करोड रुपैयाँ खर्च गरिएको भएपनि उक्त खर्च मितव्ययी नभएको आरोप छ । भ्रष्ट आचरण भएका भण्डारीलाई थानीले खरिद कमिटिदेखि विभिन्न समितिमा राखेका थिए । उनी विषय विज्ञका रुपमा भन्दा पनि रकम अशुलीमा माहिर रहेको निगमै सिनियर कर्मचारीहरु बताउँछन् ।

भण्डारी र शरणराज भट्टराईले निगमको विभिन्न डिपोमा गई कार्यालय प्रमुखलाई जानकारी समेत नदिई ट्रयांक ट्रक चेक गर्ने र त्यहाँबाट रकम असुल्ने गरेको स्रोत बताउँछ ।

अचम्म त के छ भने ५ महिना पनि सेवा अवधि नभएका भण्डारीलाई कार्यकारी निर्देशक थानीले मालदार विभागमा पठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

जेनजी आन्दोलनबाट सय अर्बको क्षति, पुनर्निर्माण दुई महिनापछि थालिने

कार्तिक २५,काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट