
५ जेठ, रुकुम पश्चिम
नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) को विहीबार सम्पन्न नगर भेलाले सुस्मा शर्माको अध्यक्षतामा नौ सदस्यीय नगर कमिटी चयन गरेको छ । सो अवसरमा स्थानीय तहमा श्रमडेस्क स्थापना गर्न माग गर्दै श्रमडेस्क स्थापना कार्यविधि समेत बुझाइएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेभाले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयम्सेवीहरुको भेलाले नेभा मुसिकोट नगर कमिटी गठन गरेको हो ।
भेलाले कमिटीको उपाध्यक्षमा बसन्ता पुन, सचिवमा लक्ष्मी खड्का ओली, ससचिवमा कल्पना ओली, कोषाध्यक्षमा विमला खड्का र सदस्यहरुमा तुल्सा गिरी, गीता केसी ओली र पूmलमाया खड्कालाई निर्विरोध निर्वाचित गरेको छ ।
मुसिकोट नगरपालिकाका उपप्रमुख बिमल कुमार पुनले जिफन्टको नीति कार्यक्रम वर्तमान परिस्थितिमा समय सान्दर्भिक रहेको बताउँदै स्थानीय तहमा श्रम डेस्क स्थापना कार्यविधि, श्रम समिति गठन र हरेक श्रमिकहरुको नैसर्गिक अधिकारलाई सुनिश्चित गरी सम्मानपूर्वक समाजमा स्थापित गर्नु समृद्धिको गन्तव्य भएको बताउनुभयो ।
जिफन्ट कर्णाली प्रदेश सहसचिव टीका अधिकारीले महिलाको अधिकारका लागि मात्रै नभई आम रुपमा ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहनु भएका महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको योगदानलाई सम्मानपूर्वक ग्रहण गरी जिउन पुग्ने ज्याला र सेवासुविधामा स्थानीय तह सरकारले प्राथमिकतामा राखी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेभा केन्द्रीय सदस्य भिमू रिजालले स्वास्थ्य स्वयम्सेविकाहरुलाई कामको आधारमा मात्रै नहेरी सामाजिक दायित्वबाट हेर्न सुझाव दिंदै स्थायी नियुक्ति, परिचय पत्र र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने सहज कानुनी व्यवस्थाबाट अगाडी बढ्न प्रदेश सरकार सहित स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध