श्रमिकको अधिकार सुनिश्चितता नै समृद्धिको गन्तव्य


५ जेठ, रुकुम पश्चिम
नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) को विहीबार सम्पन्न नगर भेलाले सुस्मा शर्माको अध्यक्षतामा नौ सदस्यीय नगर कमिटी चयन गरेको छ । सो अवसरमा स्थानीय तहमा श्रमडेस्क स्थापना गर्न माग गर्दै श्रमडेस्क स्थापना कार्यविधि समेत बुझाइएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेभाले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयम्सेवीहरुको भेलाले नेभा मुसिकोट नगर कमिटी गठन गरेको हो ।
भेलाले कमिटीको उपाध्यक्षमा बसन्ता पुन, सचिवमा लक्ष्मी खड्का ओली, ससचिवमा कल्पना ओली, कोषाध्यक्षमा विमला खड्का र सदस्यहरुमा तुल्सा गिरी, गीता केसी ओली र पूmलमाया खड्कालाई निर्विरोध निर्वाचित गरेको छ ।
मुसिकोट नगरपालिकाका उपप्रमुख बिमल कुमार पुनले जिफन्टको नीति कार्यक्रम वर्तमान परिस्थितिमा समय सान्दर्भिक रहेको बताउँदै स्थानीय तहमा श्रम डेस्क स्थापना कार्यविधि, श्रम समिति गठन र हरेक श्रमिकहरुको नैसर्गिक अधिकारलाई सुनिश्चित गरी सम्मानपूर्वक समाजमा स्थापित गर्नु समृद्धिको गन्तव्य भएको बताउनुभयो ।
जिफन्ट कर्णाली प्रदेश सहसचिव टीका अधिकारीले महिलाको अधिकारका लागि मात्रै नभई आम रुपमा ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहनु भएका महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको योगदानलाई सम्मानपूर्वक ग्रहण गरी जिउन पुग्ने ज्याला र सेवासुविधामा स्थानीय तह सरकारले प्राथमिकतामा राखी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेभा केन्द्रीय सदस्य भिमू रिजालले स्वास्थ्य स्वयम्सेविकाहरुलाई कामको आधारमा मात्रै नहेरी सामाजिक दायित्वबाट हेर्न सुझाव दिंदै स्थायी नियुक्ति, परिचय पत्र र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने सहज कानुनी व्यवस्थाबाट अगाडी बढ्न प्रदेश सरकार सहित स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक